कांग्रेस विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि, आज बन्द सत्र

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरू भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती प्रदेशबाट ४ सय ३२, गण्डकी प्रदेशबाट २ सय ९६, लुम्बिनी प्रदेशबाट ३ सय ९८, कर्णाली प्रदेशबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट १ सय ४८, उपत्यका (काठमाण्डौ, भक्तपुर र ललितपुर) बाट १ सय ७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १ सय ९५ गरी दुई हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए । नाम दर्ता प्रक्रिया र बन्द सत्र आज बिहानदेखि भृकुटीमण्डपमा शुरू हुँदैछ । संस्थापन पक्षको अनुपस्थितिबीच हिजोदेखि शुरू भएको विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नवीन प्रयोगको रुपमा हेरिएको छ ।

पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ । विशेष महाधिवेशनप्रति बढेको पक्षधरता, कार्यकर्तापंक्तिको सहभागिता र उनीहरूको ऊर्जाले विशेष महाधिवेशनको उद्घाटन सत्र उत्साहजनक देखियो ।

विशेष महाधिवेशनमा उपस्थित कार्यकर्तापंक्ति नेतृत्व र नीति परिवर्तनप्रति दृढ देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img