युवाको भरोसा र जनताको आशा बनेका अब्दुल हुसेन खाँ बाँके–१ बाट निर्वाचनका लागि सिफारिस

बुटवल ।वि.सं. २०३७ सालमा बाँके जिल्लामा जन्मिनु भएका अब्दुल हुसेन खाँ विद्यार्थी राजनीतिबाट उदाउँदै आज सक्रिय र संघर्षशील कम्युनिस्ट नेताका रूपमा स्थापित हुनु भएको छ। कोहलपुर नगरपालिका–४, मदनचोक निवासी खाँ सानै उमेरदेखि राजनीतिक र सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ। जनताको सुख–दुःखमा प्रत्यक्ष सहभागी हुने, जनमुखी र उत्तरदायी नेताका रूपमा उहाँ स्थानीयस्तरमा लोकप्रिय रहनु भएको छ।
एम.ए. तथा एल.एल.बि. उत्तीर्ण खाँ गतिशील, ऊर्जाशील, बौद्धिक तथा प्रखर वक्ताका रूपमा चिनिनु हुन्छ। सरल, सहज र मिलनसार स्वभावका कारण उहाँ सबै वर्ग र समुदायबीच विश्वासिलो राजनीतिक व्यक्तित्व बन्दै आउनु भएको छ। उहाँको राजनीतिक यात्रा अनेरास्ववियुको स्कुल प्राक कमिटी बाट सुरु भई जिल्ला अध्यक्ष, अञ्चल सचिव, केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य हुँदै महासचिवको उम्मेदवार सम्म पुग्नु भएको इतिहास छ ।
विद्यार्थी राजनीतिमा लामो अनुभव बोकेका खाँ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, कोहलपुरका संस्थापक स्ववियु सभापति समेत रहनु भएको छ। क्याम्पसस्तरमा शैक्षिक गुणस्तर, विद्यार्थी हक–हित र संगठन विस्तारमा उहाँले खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
पार्टी राजनीतिमा उहाँले नेकपा एमालेबाट संगठित सदस्यता लिँदै जिल्ला, अञ्चल र केन्द्रसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्नु भएको छ। जनआन्दोलन, संविधानसभा निर्वाचन र पार्टी संगठन विस्तारका क्रममा सक्रिय भूमिका खेलेका खाँ पार्टी नेकपा एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जिल्ला कार्यालय सदस्य रहनु भयो। पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, बाँके इन्चार्ज तथा लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो। हाल उहाँ नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्यका रूपमा सक्रिय रहनु भएको छ।
राजनीतिक आन्दोलनका क्रममा उहाँले संघर्षपूर्ण जीवन पनि भोग्नु परेको छ। २०६१ सालमा राजतन्त्रविरुद्ध अपिल जारी गरेकै कारण वारेन्ट जारी भई केही समय अर्धभूमिगत रहनु पर्‍यो भने २०६२ सालको आन्दोलनका क्रममा प्रहरी कुटपिटबाट घाइते र १२ दिनसम्म हिरासतमा समेत बस्नु परेको राजनीतिक इतिहास उहाँसँग जोडिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बाँके जिल्ला क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस हुनु भएका खाँलाई युवापुस्ताले रुचाएका र जनताले भरोसा गरेका लोकप्रिय नेता मानिन्छ। पार्टीले टिकट दिएमा निर्वाचन जित्ने बलियो सम्भावना रहेको स्थानीयवासी तथा पार्टी कार्यकर्ताहरूको भनाइ छ।
विद्यार्थी आन्दोलनदेखि पार्टी संगठन, जनआन्दोलनदेखि प्रदेश नेतृत्वसम्मको लामो अनुभव बोकेका अब्दुल हुसेन खाँलाई बाँकेको राजनीतिक भविष्यका लागि आशालाग्दो, भरोसायोग्य र सक्षम नेतृत्वका रूपमा हेरिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै