राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गरेको छ । आयोगले आज प्रदेशस्तरमा उम्मेदवारको मनोनयन दर्ता गराएको हो ।

यसैबीच एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध हुनुभएको छ । नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका सङ्खुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो ।

चुनावमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिएर गठबन्धन गरेका हुन् । त्यही गठबन्धनमा रहन छलफल गरिरहेको भए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने आज अन्तिम समयमा बाहिरिएर एक्लै प्रतिस्पर्धा गरेको छ ।

राष्ट्रियसभामा आउँदो फागुन २० गतेदेखि १९ जना सांसद बिदा हुँदैछन् । त्यसमध्ये १८ सिटका लागि आज मनोनयन हुन लागेको हो । राष्ट्रपतिबाट मनोनीत हुने सिटमा भने सरकारले सीधै सिफारिश गर्नेछ ।

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा र पालिकाका मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । पालिकाका प्रमुख तथा उपप्रमुखले दिने एक भोट बराबर १९ मत र प्रदेशसभा सदस्यले दिने एक भोट बराबर ५३ मत गनिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल जनसङ्ख्या र नेपालभरिका कुल प्रदेशसभा सदस्य ५ सय ५० को भागफललाई एक हजारले भाग गरेर प्रदेशसभा सदस्यको मत भार ५३ र यस्तै विधिबाट पालिकाका प्रमुख/उपप्रमुखको मतभार १९ निकालिएको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्लो पटक राष्ट्रियसभाको चुनाव हुँदा पुरानो जनसङ्ख्या कायम रहेकोले प्रदेशसभा सदस्यको मत भार ४८ र पालिकाका प्रमुख/उपप्रमुखका लागि १८ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img