समानुपातिकतर्फको मतपत्र छपाइको तयारी

काठमाण्डौ – आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत चुनावका लागि आवश्यक सामग्री पुर्याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराउनुभएको हो । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उहाँको भनाइ छ ।

प्रत्यक्षतर्फको मनोनयन भने आउँदो माघ ६ गते तोकिएको छ । प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने हुँदा माघ ९ गतेपछि मात्र छपाइ शुरू गरिने प्रवक्ता भट्टराईले बताउनुभयो । दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

मतदाता सङ्ख्याका आधारमा दुवै चुनाव प्रणालीतर्फ दुई/दुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img