बिज्ञापन बोर्डको आयोजनामा पाल्पामा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न

पदम गैरे पाल्पा ।बिज्ञापन बोर्डको आयोजना तथा नेपाल पत्रकार महासंघ पाल्पा शाखाको समन्वयमा पाल्पाको तानसेनमा विज्ञापन सम्बन्धी ‘अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा विज्ञापन क्षेत्रका चुनौती, सरकारी नीति र स्थानीय मिडियाको दिगोपनका विषयमा सरोकारवालाहरूले जोड दिएका छन्।
विज्ञापन बोर्डका कार्यकारी निर्देशक लक्ष्मण हुमागाईले विज्ञापनले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीहरूलाई विज्ञापन क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो: “बोर्डले हाल रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई लोक कल्याणकारी विज्ञापन वितरण गरिरहेको छ। अनलाइन मिडियाका हकमा हालसम्म यो व्यवस्था हुन नसके पनि आगामी दिनमा अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो ।
यस्तै, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा विज्ञापनलाई व्यवस्थित बनाउन आगामी नगरसभाबाट ‘विज्ञापन सम्बन्धी ऐन’ पास गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले विज्ञापन वितरणमा ‘एकद्वार नीति’ लागु गर्नुपर्नेमा जोड दिनुभयो। यसो गर्न सके मिडिया हाउसहरूलाई आर्थिक राहत पुग्ने उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमल्सिनाले जिल्लाका विज्ञापनहरू स्थानीय मिडियालाई नै प्राथमिकताका साथ वितरण गर्नुपर्ने माग राख्नुभयो। उहाँले स्थानीय मिडियाको अस्तित्व रक्षाका लागि स्थानीय विज्ञापनको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
अन्तरक्रियामा सहभागी पत्रकार, सरकारी कार्यालयका प्रमुखहरू र उद्योग व्यवसायीहरूले जिल्लामा विज्ञापन वितरण प्रणाली पारदर्शी नभएको र विभिन्न समस्या देखिएको गुनासो गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै