भूमिकास्थान–१० धन्चौर लक्ष्मीडाडामा तमु ल्होसार भव्य रूपमा मनाईयो ।

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरमा गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्व विविध सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा मनाइएको छ। गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसारले समुदायको मौलिक पहिचान, संस्कृति र सामाजिक एकतालाई मजबुत बनाउने विश्वास लिइन्छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. १० का अध्यक्ष खगेश्वर पन्थीले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै गुरुङ समुदायको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्ता सम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता पर्वहरूले समाजमा आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई बलियो बनाउने बताउनुभयो।
गुरुङ (तमु)समाज अर्घाखाँचीका जिल्ला अध्यक्ष डिलबहादुर गुरुङले गुरुङ समुदायको पहिचान ल्होसार, भाषा, भेषभूषा र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै संघ संस्था मार्फत संस्कृति जगेर्ना गर्ने अभियानलाई निरन्तर अगाडि बढाइने बताउनुभयो। उहाँले युवा पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान सचिव हृदय भुसाल, धन्चौर अस्थायी प्रहरी चौकीका वरिष्ठ हल्दार स्वस्तिक गौडेल, सरस्वती आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद भट्टराई, पूर्व प्रधानाध्यापक तथा सामाजिक व्यक्तित्व तारापती भट्टराई, सामाजिक व्यक्तित्व कमल उचाइँ,धन्चौर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तिलक भट्टराई,पश्चिम नेपाल बस व्यवसायी कर्मचारी नारायण बञ्जाडे,समाजसेबि बसन्त बेल्वासे लगायतले शुभकामना व्यक्त गर्दै गुरुङ जातिको सामाजिक तथा सांस्कृतिक योगदानको चर्चा गर्नुभयो।
तमु ल्होसार केवल पर्व मात्र नभई गुरुङ समुदायको इतिहास, संस्कृति र जीवन पद्धतिसँग जोडिएको साझा पहिचान भएको आयोजक भोजन गुरुङले बताउनुभयो। उहाँले गुरुङ समाजको एकता र सांस्कृतिक संरक्षणका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा गुरुङ समुदायको मौलिकता पहिचान,झल्काउने घाटु नाच लगायतका परम्परागत कला, संस्कृति र संस्कार झल्काउने विविध सांस्कृतिक कोसेलीहरू प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकको मन जितेको थियो। साथै विभिन्न खालका खानेकुराका परिकार खाने र आपसि रुपमा निकै रमाइलो समेत गरिएको थियो ।
कार्यक्रम तमु समाज आयोज संस्थाका अध्यक्ष शिबलाल गुरुङको अध्यक्षता, हिमा गुरुङको स्वागत मन्तव्य तथा भोजन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै