यस पटको प्रमुख आर्कषक डमरुदहमा डुंगा सञ्चालन रहेकोले मेलाका निर्देशक शुशिल केसीले बताउदै आन्तरिक प्रर्यटक भित्राउन यसले सहयोग सहयोग गर्ने बताउनु भयो । शितगंगा नगरपालिकाले बिभिन्न बिधामा कृषिको उत्पादन प्रतिस्पर्धा गराएर पुरस्कार तथा सम्मान गर्ने समेत कार्यक्रम रहेको अध्यक्ष लक्ष्मण पन्थीले बताउनु भयो ।
सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८२ तयारी अन्तिम अबस्थामा पुगेको छ । शितगंगा उद्योग वाणिज्य संघको आयोजना तथा नमस्ते अर्घाखाँची समाजको सहआयोजनामा हुने महोत्सवका लागि प्रचार प्रसार तथा स्थल निर्माणको काम धमाधम भइरहेको आयोजक पत्रकार अराजसिंह बेल्वासेले जानकारी दिनु भयो । पौष ९ गते देखि २१ गते सम्म संचालन हुने उक्त महोत्सवमा उक्त महोत्सवमा १ सय बढि स्टल बुुकिंङ भइसकेको मेलाका निर्देशक सुशील केसीले बताउनु भयो । उक्त महोत्सवले पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुराउने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा रास्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति सगै स्थानिय उत्पादनको प्रबर्द्धन समेत गर्ने आयोजकले जानकारी दिएको छ ।


























