ईश्वर पोखरेल पक्षको विरोधबीच एमालेको विधान संशोधन, पदाधिकारी सङ्ख्या १९ जना पुर्‍याउने

काठमाण्डाै – नेकपा एमालेको फेरि विधान संशोधन भएको छ । ११औं महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको विधान संशोधनको प्रस्ताव पारित भएको हो । अब पदाधिकारीकाे सङ्ख्या १९ जना पुगेको छ ।

यसअघि भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो । अहिले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।

नेता तामाङका अनुसार बैठकले विधान संशोधन गरी पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ ।

पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गर्नुभएको छ ।

११औं महाधिवेशन अन्तर्गत बन्द सत्र अहिले केहीबेरमा भृकुटीमण्डपमा शुरू हुँदैछ । बिहान साढे ७ बजेदेखि बन्दसत्र शुरू गर्ने यसअघिको निर्णय रहेकोमा केन्द्रीय कमिटी बैठकका कारण दिउँसो १ बजेका लागि सारेकोमा फेरि ३ बजेका लागि सारेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img