रुपन्देहीमा ९० प्रतिशत नेकपा एसका नेताकार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको पक्षमा उभिएको नेकपा नेता भण्डारीको दाबी

रुपन्देही।रुपन्देही जिल्लाबाट करिब ९० प्रतिशत नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको एकताको पक्षमा उभिएको नेपाली कम्युनिस्ट पार्टीले दाबी गरेको छ । सोही विषयमा टिप्पणी गर्दै नेकपा नेता कमल भण्डारीले घनश्याम भुसालले निर्माण गरेको नयाँ पार्टीतर्फ वास्तविक नेता–कार्यकर्ता आकर्षित नभएको बताउनु भएको छ ।

पूर्व नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष समेत रहनुभएका भण्डारीले नेता कार्यकर्ताहरूबीच कुनै अलमल नहोस् भनेर एकताको पक्षमा दृढ भएर उभिन आग्रह गर्नुभयो । उहाँका अनुसार रुपन्देहीका कार्यकर्ताहरू संगठनगत निरन्तरता र राजनीतिक स्पष्टताकै कारण नेपाली कम्युनिस्ट पार्टीप्रति विश्वासपूर्वक अघि बढिरहेका छन् ।

भण्डारीले नयाँ दल गठनका कारण देखिन सक्ने द्विविधा हटाउँदै संगठनलाई थप सुदृढ बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।  पुर्ब नेकपा (एस) रुपन्देही जिल्ला कमिटी संयोजक बाबुलाल यादब पनि प्रायः सबै जस्तो नेताकार्यकर्ताहरु नै एकताको पक्षमा दाबी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img