पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न देउवा तयार : नेता निधि र सिटौलाको असहमति

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्न तयार हुनुभएको छ । विधानतः विशेष महाधिवेशनको माग टार्न नसकिने भएपछि उहाँ नियमित महाधिवेशनको पक्षमा देखिनुभएको हो ।

विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनमै सभापति देउवाको जोड रहेको छ । तर, यसमा नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले भने पुसमा महाधिवेशन सम्भव नभएको भन्दै असहमति व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि सोमवार दिउँसोसम्मका लागि सारिएको छ । यसअघि हिजो सभापति देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि बैठक सारिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमवारका लागि सारिएको जानकारी दिनुभएको हो ।

महाधिवेशनको मितिबारे कांग्रेसमा आन्तरिक किचलो लम्बिएको छ । तर सभापति देउवाले महाधिवेशन कार्यतालिका ल्याउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिनुभएको छ । निधि र सिटौलाको असहमति देखिएपछि थप गृहकार्य गर्न भन्दै कार्यवाहक सभापति खड्काले आजका लागि तय केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि सार्नुभएको हो ।

कांग्रेसले भोलिको बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिलाई अनुरोध गरेको छ ।समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img