हृदय भुसाल । नेपाली कम्युनिस्ट पार्टीले आज दाङको लमहिमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि दोस्रो दिन आज लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा हुन लागेको हो ।सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा नेता मेटमणी चौधरीले बताए । कार्यक्रममा ब्यापक रुपमा जनताको उत्साहजनक सहभागीता रहने नेता चक्रपाणी खनाल बलदेबले बताए । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका सबै नेता,कार्यकर्ताहरुको सहभागी हुने गरि कार्यक्रमको तयारी पूरा भएको नेकपा नेता अब्दुल हुसेन खाले बताए । ऐतिहासिक कार्यक्रममा विभिन्न स्थानबाट र्याली निस्कने गरि कार्यक्रम हुन लागेको नेता नारायण शर्माले बताए ।
आज नेपाली कम्युनिष्ट पार्टीको लमहिमा सन्देश सभा हुँदै
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























