आज पोखरा र लुम्बिनी तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चार खेलमा एउटा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ ।

यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img