पाल्पामा राम–सीता विवाह उत्सव धुमधामका साथ मनायो

पदम गैरे पाल्पा । रामपुर नगरपालिकाको ऐतिहासिक धार्मिक सीताकुण्डमा राम–सीता विवाह उत्सव धुमधामका साथ मनाईएको छ । नगर भित्रका धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रामपुर नगरपालिकाको आयोजनामा विवाह उत्सव सम्पन्न भएको हो ।विवाह उत्सवको अवसरमा रामपुर नगरपालिका–५, रामघाटमा बाट जन्त सहित सीताकुण्डमा हजारौंको संख्यामा भक्तजनहरु पुगेका थिए । भगवान् राम सीताले वनवासको क्रममा विचरण गरेको ऐतिहासिक भूमि रामपुर नगरपालिकाको रामघाट देखि जन्त सहित भक्तजनहरु सीताकुण्ड पुगेका थिए । उत्सवमा वडा नं. ५ बाट रामघाट बरियात (जन्त) टोली सीताकुण्ड पुगेको थियो । विभिन्न झाँकी सहित सीताकुण्ड पुगेको टोलीलाई वडा नं. ३ र ४ ले माईती पक्षको रुपमा स्वागत गरेको हो ।बेहुला सहितको जन्त टोलीलाई कालीगण्डकी किनार स्थित रामघाट बाट विहान यज्ञ पश्चात ८४ पुजा गरिसक्नु भएका जेष्ठ नागरिकहरुले आशिर्वाद दिएर विदाई गर्नु भएको थियो । १५१ जना जन्त सहितको टोलीलाई कोइलाटारीको यज्ञको परिक्रमा गरी हुँदै राम चुल्हो रहेको स्थान राम मन्दिर पुगेको थियो । राममन्दिर बाट कसार, दही सहितको सगुन ग्रहण गरी बेझाँड बजार देखि रेवतीपोखरा, गाउँपोखरा हुँदै पैदल भएर सीताकुण्ड पुगेको हो । टोलीलाई बेझाँड बजारमा रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत सहित राममन्दिर सम्म पुर्‍याएका थिए । टोलीलाई विभिन्न स्थानमा टोल विकास संस्था सहित विभिन्न समूहले ठाउँठाउँमा स्वागत गरेको थियो ।पञ्चेबाजा सहित विभिन्न झाँकी सहित पुगेको महन्त, बटुक सहितको जन्त टोलीलाई सीताकुण्डमा माईती पक्षको तर्फ बाट वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले वैवाहिक संस्कार सहित स्वागत तथा सम्मान गरेको थिए । सीताकुण्डमा पुगेको टोलीलाई पञ्चे बाजा सहित झाँकी सहित माइती पक्षले स्वागत गरेका थिए । नगर प्रमुख रमण बहादुर थापाले भगवान् राम र सीता संग सम्बन्धित धार्मिक स्थलहरुको उजागर गर्नका लागि उत्सवको आयोजना गरिएकोे बताउनुभयो । रामपुरमा भगवान राम र सीता तीन महिना सम्म बसोबास गर्नु भएको ग्रन्थहरुमा उल्लेख रहेको बताउँदै सोही अनुसार रामपुर नगर भित्र रहेका रामघाट, सीताकुण्ड, रामचुल्हो, रामकुवा र राम्चेको प्रचारप्रसार संगै याहाँको धार्मिक महिमाको संरक्षण संगै प्रवद्र्धनका लागि विवाह उत्सव आयोजना गरिएको थापाले बताउनुभयो । उत्सवमा स्थानीय संगै श्रद्धालु भक्तजनहरुको उत्साहले थप ऊर्जा प्रदान गरेको थापाले बताउनुभयो । अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका सांस्कृतिक तथा पर्यटन अभियन्ता सन्दिप रानाले स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो । राम र सीता रामपुर क्षेत्रमा तीन महिना बसोबास गर्नुभएको कुरा ग्रन्थहरुमा उल्लेख रहेको बताउँदै सीताकुण्डको महिमा छुट्टै रहेको बताउँदै भाकल गरेमा मनोकामना पुराहुन्छ भन्ने स्थानीयमा विश्वास रहेको बताउनुभयो । त्रेतायुगमा भगवान् राम वनवासको क्रममा रामपुर पनि बस्नु भएको र सोही आधारमा रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका ऐतिहासिक धार्मिक स्थलहरु रहेको छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा रामपुरमा बस्नु भएको भन्ने मान्यताका आधार रामपुरको नामाकरण भएको हो । रामपुरको बारेमा स्कन्दपुराणको हिमवत् खण्डको ४७ र ४८ मा ‘भगवानले रक्षा गरेको उत्तम ठाउँ रामपुर हो । जहाँ राम सधै बस्नुहुन्छ । जसको दक्षिण पट्टिको टापुमा अति सुन्दर सीताकुण्ड छ । जहाँ जगतको माता जनकको छोरी सीता बस्नुहुन्छ ।’ भन्ने उल्लेख छ ।रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले विवाह पञ्चमीलाई वार्षिक रुपमा निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जन्त संगै नगरभित्रका विभिन्न जातजाति र समुदायका सबैलाई एकतावद्ध गराएर सीताकुण्ड पुगेको जानकारी दिनुभयो । सहभागीहरुहरु उत्साहका साथ उत्सवमा सहभागी भएको उहाँले बताउनुभयो ।मुख्य पण्डित हरि प्रसाद खनालले जनकपुरमा मात्र विवाह पञ्चमी मनाउँदै आएकोमा रामपुरमा पनि सुरुवात गरिएको बताउनुभयो । सीताकुण्डमा धर्मोदय दशावतार बालनको माध्यम बाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सवको प्रदर्शन गरिएको थियो । राम सीताको कुशको प्रतिमा बनाई प्रतिकात्मक विवाह संस्कार पुरा गरे पछि विवाह उत्सवको विधि पूर्वक समापन गरिएको छ । साथै जन्त टोलीलाई माइती टोलीले संस्कार अनुसारको विदाई गरेका थिए ।उत्सवको अवसरमा सीताकुण्डमा झण्डै १० हजारको संख्यामा श्रद्धालुहरु सीताकुण्ड पुगेका सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापा बताउनुहुन्छ । जन्त टोली रामघाटमा फर्किएर विधि पूर्वक विवाह उत्सवको समापन गरिएको छ । मंगलबार सीताकुण्डमा जन्त सहितको श्रद्धालुहरुको चाप भए पछि सवारी व्यवस्थापनमा समेत हम्मे हम्मे भएको थियो । विवाह उत्सवमा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सांसद निमा गिरी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनाल, गुल्मी जिल्ला समन्वय समिति सदस्य सुनिता कुँवर, सुर्य पाकी केशव गुरु महाराज, सांस्कृतिक तथा पर्यटन अभियन्ता सन्दिप राना, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर ४ का वडा अध्यक्ष राम बहादुर राना, रामपुर ३ का वडा अध्यक्ष दामोदर पाठक सहित जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।जन्त संगै श्रद्धालु भक्तजनहरुको उपस्थितिले सीताकुण्ड परिसर भरिएको थियो । उत्सवको अवसरमा रामपुर नगरपालिका भित्रका विभिन्न जातजाति र संस्कृतिमा आधारित झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै