सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा

काठमाण्डौ – आउँदो फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि सरकार र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य कार्यभार तोकिएको चुनाव सम्पन्न गर्नु रहेको छ ।

निर्वाचन आयोगले पनि चुनाव केन्द्रित कार्य र गतिविधि बढाइरहेको छ । मतदाता नामावलीमा नाम दर्ता सकिएको छ भने दल दर्ताको काम भइरहेको छ । नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दल पनि चुनावमा सहभागी हुने प्रतिवद्धतासहित अघि बढेका छन् । त्यसका लागि सुरक्षासहित आवश्यक वातावरण बन्नुपर्नेमा दलहरुको जोड छ ।

विघटित प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले हिजो मात्रै केन्द्रीय समिति बैठकबाट चुनावमा भाग लिने निर्णय गरेको हो । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले चुनावमा सहभागी हुने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताउनुभयो ।

कांग्रेसको पछिल्लो निर्णयसँगै नेकपा एमाले पनि दबाबमा परेको छ । एमालेले संसद् पुनर्स्थापनाकाे एजेन्डालाई उठाउँदै आएको छ । तर विगतमा सत्ता गठबन्धनमा रहेको दल कांग्रेसले चुनावमा जाने निर्णय गरेपछि एमालेलाई पनि दबाब बढेको हो ।

नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीसहितका बाम दल मिलेर गठन भएको नयाँ दल नेपाली कम्युनिस्ट पार्टी तथा मधेश केन्द्रित दलहरुले पनि चुनावमा सहभागिता जनाउने गरी निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् ।

नेकपा एमालेले अहिलेसम्म राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा निवेदन दिएको अवस्था छ । फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनाव प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय यही मंसिर १० गतेसम्म रहेको छ ।

प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म दर्ता भएका दलको सङ्ख्या ४० वटा पुगेको छ । त्यस्तै माघ ११ मा हुने राष्ट्रियसभा चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने समय आजसम्म रहेको छ । राष्ट्रियसभा चुनाव प्रयोजनका लागि दर्ता भएका दलको सङ्ख्या अहिलेसम्म आठ वटा छ । आयोगमा सूचीकृत हुने दलको सङ्ख्या भने उक सय २९ वटा पुगेको छ । समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै