रासायनिक मल वितरण कार्य अनलाइन प्रणालीबाट विकास गर्छौं : मन्त्री परियार

काठमाण्डौ – कृषि तथा पशुपछी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरणमा समस्या रहेको र यसलाई व्यवस्थित गर्न अनलाइन संरचनाको विकास गर्ने बताउनुभएको छ ।

पर्सा र बाराका कृषि र पशुपछीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानसँगको छुट्टा छुट्टै भेटघाट कार्यक्रममा उहाँले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले अनलाइन सिस्टमको विकास गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले बेलैमा रासायनिक मल प्राप्त गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।

कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभएको छ । यसबाट अनुदानको रासायनिक मलमा हुने दुरुपयोग रोक्नलाई सहज हुने अपेक्षा राखिएको मन्त्री परियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img