निरन्तर झरी

काठमाण्डौ – पूर्व र मध्य क्षेत्रसँगै देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर झरी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । पूर्वका केही ठाउँमा ठूलो पानी परेको छ ।

पछिल्लो ६ घण्टामा मोरङमा ८७, सप्तरीमा ७४, उदयपुरमा ७२ र झापामा ६० मिलिमिटर पानी परेको छ । आज कोशी, मधेश र बागमती प्रदेशका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा भारी हिमपातको सम्भावना छ । आज हिजोको तुलनामा ठूलो पानी पर्ने र भोलिदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका साथमा अरब सागरमा विकसित प्रणालीको असरमा बङ्गालको खाडीका विकसित चक्रवात मोन्थाको प्रभाव समेत मिसिएकाले लगातार वर्षा भइरहेको मौसमविदले बताएका छन् । पश्चिमी क्षेत्रमा मङ्गलवारदेखि वर्षा गराएको अरब सागरको प्रणाली हिजोदेखि कमजोर भएको छ । तर यही समयमा बङ्गालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव देखिएको मौसमविदको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img