यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन भोलि सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अर्घ्य दिइन्छ । छठपर्वको अन्तिम दिन पर्सि मङ्गलवार विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर यो पर्वको समापन हुन्छ ।
मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।
केही वर्ष पहिलासम्म तराई–मधेशमा सिमित छठ पर्व अहिले काठमाण्डौ उपत्यकासहित पहाड र हिमालसम्म नै मनाउन थालिएको छ । पछिल्ला वर्षहरुमा छठपर्व साझा बन्दै गएको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले बताउनुभयो । स्रोत उज्यालो

























