बन्द मनस्थिति

निम्बतरु

यहाँ अक्षरहरुको क्षणभरमा नै मृत्यु हुन्छ
अखबार दैलो नटेक्दै मर्छ
सृजनशीलताको मृत्यु जन्मनासाथ हुन्छ

बिगतमा नै बन्द गरिएको हो झ्यालढोका
गारोको फोक्सो
धुँवापट्टी,वायुपथ र खट्प्वाल समेत
भित्ताको नाकमुख सबै
जहाँबाट चेतना भित्र बाहिर गर्थ्यो
सबै बन्द गरिएको हो
मसँग भएको ज्ञान नै अन्तिम हो लाग्थ्यो
तब बन्द गरिएको थियो चर –
चर भित्ताको

चोट लागेपनि प्रेममा अझै सुन्दरता छ, फेरि प्रयास गर्छु भन्ने भएन ।
भइदियो
अरूको पीडा देख्दा यो त मेरो समस्या होइन भनी पन्छिने चलन ।
लाग्थ्यो उस्लाई मात्रै भाग्यले साथ दिएको हो
मलाई मात्रै यस्तो छ
मसँग भएको सत्य नै अन्तिम हो लाग्थ्यो
तब
भयंकर कालो बादल मेरो छानोमा मात्रै हुन्छ
मेरो मात्रै भाग्यको फाँटमा बाढी पस्छ
जून मलाई छोडेर अन्त सरेको छ
घाम मेरो टाउकोमा मात्रै आएर खनिन्छ
हुरी मेरो मात्रै आँगनमा चल्छ
स्वर्ग ढोका मेरो लागि मात्रै बन्द छ
ईश्वरले मलाई मात्रै घात गरे होला लाग्छ
विगतको पीडा सम्झेर नयाँ अवसर स्वीकार गर्न मन लाग्दैन
तब बन्द छन्
यी झ्याल ढोकाहरु

देखिन्थे आशालाग्दा पहाडहरु
जब झ्यालढोकाहरु बन्द थिएनन्
देखिन्थे परको दोबाटोसम्म
जहाँबाट उमंग आउँथे
जब आँखाहरु उदास थिएनन्
आकाशमा लटरम्म खुशीका ताराहरु फुल्दथे
जब दृष्टिकोण बन्द थिएनन्
चराहरु उड्दै आउँथे नयाँ रहरका साथ
जब म ओढारभित्र थिइनँ

क्षितिज भरिन्थ्यो आनन्दले
जब मन रित्तै थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै