हृदय भुसाल अर्घाखाँची । भारको पन्जाब राज्य बाट १४ बर्षका नेपाली बालक राजन नेपाली केहि दिन देखी बेपत्ता भएका छन्। नेपाल स्थित अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १० धन्चौर पौयापाटा टोलमा स्थायि रुपमा बसोबास गनुहुने र केहि समय देखी भारतको पन्जाबमा रोजगारीको शिलशिलामा काम गरिरहनु भएका शालिक नेपाली र कमला नेपालीको छोरा बर्ष १४ का राजन नेपाली केहि दिन देखी बेपत्ता भएको हुँदा खोजी कार्यमा सहयोग गरिदिनु हुन बुवा शालिक नेपालीले अपिल गर्नु भएको छ ।
भारतको पन्जाब राज्य अन्तरगत जालन्धरको होसिसियारपुर बाट नजिक पुरानो कचहरि बस्दै आएका बालक साझको समयमा खाजा लिन भनी गत साउन २३ अर्थात अगस्ट ८ तारिका दिन निस्केको र आज सम्म्म चौतर्फी रुपमा खोजी कार्य गर्दा पनि सम्पर्कमा नआएको हुँदा सबैठाउँ हरु बाट तस्बिरमा देखीएको गहुगोरो बर्णको बालक कहिँ कतै देखीएमा सम्पर्क गर्न समेत अग्रह छ । खोजी कार्यमा सहयोग गर्ने जोकोही पनि धन्यवादको विशेष पात्र बन्नुहुनेछ । बालक राजनलाई भेटाउने र खोजी कार्यमा सहयोग गर्ने लाई म समाचार लेख्ने स्वय पत्रकार हृदय भुसाल बाट समेत सक्दो आर्थिक,भौतिक,नैतिक र जस्तो सुकै सहयोग समेत गर्ने छु । हराएको स्थान नजिक वा सम्भाबित स्थानहरुमा खोजी कार्यमा जुट्न नेपाल् र अर्घाखाँची स्थिती विभिन्न कृयाशिल संघ,संगठनहरुलाई समेत नेपाल बाट राजनका साइलो बुवा सामाजिक तथा राजनैतिक ब्यक्तित्व सुधीर नेपालीले आग्रह गर्नु भएको छ । खासगरि भारत र पन्जाबमा रहनुहुने अगुवा नेपालीहरुले प्रहरी,प्रशासन बस्ने घर सडक नजिकको (cctv) हेर्न र दूतावास संघ समेत बालकको हुलिया सहित आबश्यक समन्वय गरि खोजी कार्यमा जुट्न सबैको तर्फबाट आग्रह समेत गरिएको छ । “हामीले छोराको खोजीका लागि सम्पूर्ण निकाय र व्यक्तिलाई सहयोग गर्न अनुरोध गर्छौं,” बालकका बाबु सालिक नेपालीले भने। राजनको अवस्थाबारे कुनै जानकारी भएमा तपशिल बमोजिमका नम्बरमा सम्पर्कका लागी समेत अनुरोध छ ।
बुबा सालिक नेपाली 8968484388
रामु नेपाली 6239053183
पुरन नेपाली 7719564772
नवराज सेसाइ 7973259816
निर्मल जि सि 9872692034
प्रेम रोका 9815606264
प्रकाश सुवेदी 7696878745
कमल खत्री 9779929086
रेशम श्रेष्ठ 769608273 थप नेपालका लागि पत्रकार हृदय भुसाल 9857063460 सुधीर नेपाली 9857066254

























