२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

अर्घाखाँचीमा कार्यालय स्थानान्तरणविरुद्ध ८ राजनीतिक दलको संयुक्त ज्ञापन पत्र

अशोक खनाल अर्घाखाँची जिल्लामा क्रियाशील ८ राजनीतिक दलले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको कार्यालय बुटवलमा गाभ्ने निर्णयको विरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्।

नेपाली काँग्रेसको पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले तयार पारेको ज्ञापन पत्रमा अर्घाखाँचीको भौगोलिक विकटता र यहाँका जनताको आधारभूत आवश्यकतासँग जोडिएको खानेपानी जस्तो संवेदनशील सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउन स्थानीय कार्यालयको महत्वलाई जोड दिइएको छ। ज्ञापन पत्रमा भनिएको छ, “संघीय संरचना अनुसार खानेपानी तथा सरसफाइ सेवा जनस्तरसम्म पुर्‍याउन अर्घाखाँचीमा स्थापित कार्यालयलाई रुपन्देहीमा गाभ्ने निर्णयले हामी सबैलाई गम्भीर र मर्माहत बनाएको छ। यो निर्णय तत्काल संशोधन गरी साविककै अवस्थामा कार्यालय सञ्चालनको व्यवस्था मिलाउन जोडदार माग गर्दछौं।”

अर्घाखाँची पहाडी जिल्ला भएको र यहाँको भौगोलिक जटिलताले गर्दा खानेपानी आयोजना सञ्चालनमा कठिनाइ हुने भन्दै कार्यालय स्थानान्तरणले सेवा प्रवाहमा गम्भीर असर पर्ने दलहरूको ठहर छ। अन्य जिल्लाहरूमा साविकका कार्यालय पुनः सञ्चालनमा ल्याइएको तर अर्घाखाँचीमा मात्र यो सुविधा कटौती गरिएकोप्रति दलहरूले सरकारको पक्षपातपूर्ण निर्णयको आलोचना गरेका छन्।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेमा नेपाली काँग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि प्रसाद भुसाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राम बहादुर चौहान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन बहादुर के.सी., जनता समाजवादीका इन्चार्ज नेत्र बहादुर थापामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता विनोद आचार्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै