हृदय भुसाल अर्घाखाँची । कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार्यक्रमका बीच औपचारिक रुपमा शितगंगा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपन्छी क्षेत्रको सुदृढीकरणतर्फ अगाडि बढीरहेको शितगंगा नगरपालिकामा ग्रामिण उद्योग तथा आर्थिक विकास कोरिडोर, बुटवलको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको पालिकाले जनाएको छ । नब निर्मित सुविधा सम्पन्न तथा पूर्णरूपमा सुसज्जित (full furnished) कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन करिब २ करोड ३७ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका निर्माण व्यावसायि सुवास भट्टराईले बताउनु भयो ।
उक्त भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला (ल्याब), तालिम हल, तथा आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू समेटिएका छन्। हस्तान्तरण कार्यक्रम नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले उद्घाटन एबम निर्माणधिन भवनको जिम्मा अर्थात भवनलाई नगरको स्वामित्वमा समेत ग्रहण गर्नुभएको छ । नगरप्रमुख छबिलाल पौडेलले उक्त कार्यक्रममा बोल्दै उक्त भवनलाई बहुउपयोगी रुपमा प्रयोग गर्ने भन्दै यसको प्रयोगले सबैलाई फाईदा पुग्ने बताउनु भयो । प्रमुख पौडेलले तत्कालीन कृषि मन्त्री बेदुराम भुसालको पहलमा बजेट बिनियोजन भएको स्मरण गर्दै बहुबर्सिय ठेक्का मार्फत निर्माण कार्य समयमा सक्ने निर्माण व्यावसायी कर्मचारी सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।नगर उपप्रमुख गिता भाटले कृषिका लागी प्रचुर सम्भावना बोकेको शितगंगा नगरपालिकामा उक्त भवनले महत्त्वपूर्ण सहयोग गर्ने भन्दै निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा निर्माण व्यावसायि सुवास भट्टराई, लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरू, शाखा प्रमुख तथा कर्मचारी,अग्रज कृषक साथीहरू साथै राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना तथा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख, निर्माण ब्यावसायि सुबास भट्टराई लगायतको विशेष उपस्थिति रहेको थियो।
यो सेवा केन्द्रको उच्चतम उपयोगबाट कृषि तथा पशुपन्छी क्षेत्रमा गुणात्मक सुधार र दिगो विकास हासिल हुने विश्वास लिइएको छ ।



























