२३ मंसिर २०८२, मंगलबार
२३ मंसिर २०८२, मंगलबार

जिसस पाल्पाको आयोजनामा तानसेनमा समिक्षा गोष्ठी सुरु

पदम गैरे पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गोष्ठी तानसेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने समीक्षा गोष्ठीको पहिलो दिन सोमबार ८ स्थानीय तहले गत आर्थिक वर्षमा गरेको प्रगति प्रस्तुत गरेका छन् । ३० मिनेटको प्रस्तुतिकरण अत्यन्तै पट्यारलाग्दो बनेको सहभागीहरुले गुनासो गरेका थिए ।
समीक्षा गोष्ठीमा प्रस्तुत गर्ने विवरणको फर्मेट नतिजा केन्द्रित बनाउनेतर्फ ध्यान नदिई समन्वय समितिले स्थानीय तहलाई भर्न लगाएर प्रस्तुति गर्दा सहभागीहरुले दिग्दारी मानेका छन् । प्रतिनिधित्व हुनुपर्ने निकायको अनिर्वाय उपस्थिति नरहेको र सीमित सहभागीहरुका बिच चलेको समीक्षा गोष्ठीको पहिलो दिन सकिने समयसम्ममा सहभागी औलामा गन्न मिल्ने रहेका थिए । समीक्षा गोष्ठीलाई प्राथमिकता नदिने, प्रस्तुति गरेर हिडने र समीक्षामा उठनुपर्ने विषयको प्राथमिकता भन्दा औपचारिकतामा सीमित गर्न खोज्दा सहभागीहरुले अल्छी मान्ने गरेका छन् । जसका कारण अन्तरक्रियामा सहभागी नभै कार्यक्रम नै छाडेर हिडने गरेका छन् ।
गोष्ठी नागरिकको सेवा सुविधाको पहुँचको उपलब्धिमा भन्दा बजेट खर्चको प्रतिशतका आधारमा उपलब्धि मानेर प्रस्तुतिकरण गरिएको थियो । सधैजसो वार्षिक बजेट खर्चलाई नै उपलब्धि मान्ने परम्परा यस वर्ष पनि दोहोरिएको छ । समीक्षा विगतको वर्षका असल अभ्यासको निरन्तरता र समस्या समाधनका विषयमा छलफल गरी समग्र विकासको लक्ष तय गर्नुपर्नेमा वितरणमुखी कार्यक्रम सम्पन्न भएकोलाई नै उपलब्धि मान्ने विषयले यस वर्षपनि निरन्तरता पाएको छ ।
गोष्ठी संघीय सांसद ठाकुरप्रसाद गैरेले उद्घाटन गर्नुभएको हो । जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरकारी तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि र सीमित पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा ंसहभागीहरुले स्थानीय तह काम गर्दा स्पष्ट योजना तयार गरेर गर्नुपर्ने, बजेट खर्चबाहेक ठोस उपलब्धि के भयो त्यो सार्वजनिक गर्नुपर्ने बताएका थिए । पछिल्लो समय काम र उपलब्धि भएपनि त्यो स्थानीय सरकारले देखाउन नसकेको उनीहरुको भनाइ थियो । आफूले योजना कार्यान्वयन गर्ने अनि आफै योजनाको अनुगमन गर्नु गलत भएकोले तेस्रो पक्षको सहभागिता बनाउनुपर्ने, विगतका वर्षहरुको प्रगतिको तुलना गरी समीक्षा गर्नुपर्ने जस्ता विषयमा सहभागीले सुझाव राखेका थिए । समीक्षा गोष्ठी जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा चलेको हो । भोलीबाट जिल्लास्थित सरकारी कार्यालयको प्रस्तुति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै