केहि स्थानमा मध्यमदेखि ठूलो वर्षा : दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ – गएराति र बिहानपख देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । बिहान दैलेख र कास्की तथा राति दैलेख र कास्कीसँगै बर्दिया, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर र गोरखामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुकी झापामा पनि ठूलो पानी परेको छ । लमजुङको खुदी बजार, लुम्ले, भुजुङ  वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र ती क्षेत्र भई बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दैलेखेको दैलेख वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले त्यो क्षेत्र भई बहने लोहरे खोला लगायत अरु ससाना खोला आसपासमा आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएकोले यी क्षेत्र भइ बहने ससाना खोलाहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै  सिन्धुपाल्चोकको ढुङ्गे, नुरपुगाउँ, बोल्डे, भोताङ, मानेखर्क, नुवाकोटको त्रिशुली बेत्रावती र आसपासका क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएकाले यी क्षेत्र भइ बहने ताडी खोला लगायत अरु स-साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै र बाँकी पहाडी भू-भागका केही ठाउँहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

- Advertisement -spot_img
-Advertisement-spot_img