हृदय भुसाल अर्घाखाँची ।राष्ट्रिय स्वतन्त्र पार्टी भुमिकास्थान १० धन्चौरको सनिवार वडा स्तरिय भेला मार्फत एक कार्यक्रमका बीच वडा कमिटी गठन भएको छ । कार्यक्रमका प्रमुख अथिती एबम पार्टी जिल्ला सभापति हरि प्रसाद भुसालले भेलालाई सम्बोधन गर्दै अनेक खालका दबाब र प्रलोभनका बीच न्याय र समानताको पक्षमा उभिएर पार्टीलाई अगाडी बढाउन लाग्ने सबैप्रती हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । पार्टी प्रति आम जनताको आशा र बिश्वास रहेकोले सोही अनुसारका काम हरु अगाडि बढाउनु पर्ने भन्दै सभापति भुसालले धेरै चुनौतीहरु भएको हुँदा सामाना गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । वडा स्तरिय भेलाले लीला मगर सभापति भएको कार्य समिति समेत चयन गरेको पार्टीले जनाएको छ । जसको उपसभापतिमा यदु प्रसाद भट्टराई,सचीव मनोज बिस्वकर्मा, कोषाध्यक्ष बिक्रम दर्जी सदस्यहरुमा निर्मला गैरे,मनकला भट्टराई, केशव गैरे,जग बहादुर मुखिया,तुल्सा रायमाझी, अमृत बिस्वकर्मा रहेको ११ सदस्य वडा समिति गठन गर्नुका साथै बिर बहादुर रायमाझी सल्लाहकार भएको सल्लाहकार समिति समेत चयन भएको रास्वपा नेता हेमराज भट्टराईले बताउनु भयो । नयाँ योजना र कार्यक्रमका साथ पार्टीलाई नयाँ गतिका अगाडी बढाउने नेता पुन्य खनालले बताउनु भयो ।कार्यक्रममा भुमिकास्थान नगर समिति सचीव भुमिका केसी,नगर सदस्य अनिता भुसाल,महिला बिभाग सदस्य लिला बाठा सरिता भुसाल लगायतको आथित्यता रहेको थियो । आज बाट वडा तहमा पार्टी बिधिबत रुपमा स्थापना गरेका छौं अगामि दिनमा पार्टी र जनताको काम लाई ब्यबस्थित गरेर जाने नबनिर्वाचित सभापति लिला मगरले बताउनु भयो । कार्यक्रम जिल्ला सभापति हरि प्रसाद भुसालको अध्यक्षता,नगर सचीव भुमिका केसीको संचालनमा सम्पन्न भएको नबनिर्वाचित सचिब मनोज बिस्वकर्माले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी भुनपा १० धन्चौरको वडा कमिटी गठन
तपाईको प्रतिक्रिया

























