पानी परिरहेका बेलामा पनि आगलागीका घटना

काठमाण्डौ – देशभर पानी परिरहेका बेला पनि आगलागीका घटनाका भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो र अस्ति मात्रै छ वटा आगलागीका घटना भएका छन् । त्यसबाट छ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् । गएको वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना भएका छन् ।

त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । गएको वैशाखदेखि अहिलेसम्म वन डढेलोबाट दुई जना घाइते भएका छन् भने २७ घरपरिवार प्रभावित भएका छन् ।

यसअवधिमा हावाहुरीबाट आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । यस अवधिमा ६३ वटा सर्पदंशको घटना भएका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छ भने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।

देशभर बाढीको एक सय ३७ घटना भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् । पहिरोमा एक सय ८३ वटा घटना भएको छ ।

पहिरोमा परेर सात जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् । यस अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको ज्यान गएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img