२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

लुतो र लुतो

निम्बतरु

होस र बेहोसको दोसाँधमा छु कि ?
हजारौं बर्षदेखि जतिपटक फालेपनि लुतो
लुतोको लुतो फाल्न सकेन्छन् मान्छेहरुले
फाले कुकुरडाइनो,भलायो र कुरिलो
फाले अगुल्टो
वल्लो गाउँलेले पल्लो गाउँलेलाई
तल्लोले माथिल्लोलाई
केवल एक अर्कामाथि
केवल एक ठाउँको अर्को ठाउँ
फालाफाल गरे लुतो
फलाकेर एकछिनो रमाइलो मात्रै गरेछन् ।

प्रत्येक बर्ष साउने संक्रान्तिको साँझ
केटाकेटीलाई दु:ख दिने कण्डारक राक्षसलाई
भगाउन अगुल्टोले हिर्काए
तर अर्को कण्डारकले ठुलैलाई सताएको पत्तै भएन्छ
साँझमा लुतो लैजा भनेर हल्ला गर्न मात्रै सकिएछ
अर्को कण्डारकले
हाम्रोजस्तो सातो खाएको पत्तै भएन्छ

नाङलो ठटाएर
ढिकी कुटेर
डम्फु बजाएर
ढोका बन्द गरेपनि
जरिलो परम्पराले हामीलाई बहेलेछ
बेस्सरी दमारेछ

लैजा लैजा लुतो लैजा
अनिकाल लैजा, हैजा लैजा
अनिष्ट लैजा
रोगव्याधि लैजा, शोक लैजा…
सहकाल ल्याए, सुनपानी छर्केर जा
आरोग्यता र सुख-शान्ति दिएर जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै