काठमाडौँ । गत जेठ महिनाको अवधिमा २९ सय बढी सवारी साधनहरु दुर्घटनामा परेका छन् । आइतबार नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत जेठ महिनाको अवधिमा ४ हजार ४ सय १६ सवारी साधनमध्ये २ हजार ९ सय ११ सवारी साधन दुर्घटनामा परेका हुन् ।
सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझको ६ बजेको समयमा बढी सवारी साधन दुर्घटनामा परेका प्रहरीको तथ्याङ्कले देखाएको छ । यस समयमा १ हजार ७३ सवारी साधन दुर्घटनामा परेका हुन् ।
त्यस्तै साँझ ६ बजेदेखि राति १२ बजेको समयमा १ हजार १६ सवारी साधन दुर्घटनामा परेका छन् । त्यस्तै राति १२ बजेदेखि बिहान ६ बजेसम्म १५८ सवारी साधन दुर्घटना भएका छन् । बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म ३३ सवारी सधान दुर्घटनामा परेका छन् ।यस अवधिमा २ सय १५ जनाको मृत्यु समेत भएको प्रहरीले जानकारी दिएको छ । ५ सय ८० जना गम्भीर घाइते भएका छन् भने ३ हजार ६ सय ६० जना सामान्य घाइते भएका छन् ।यस अवधिमा ट्राफिक कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७ सय ६ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा १ लाख ११ हजार १ सय ९२ सवारी साधन कारबाहीमा परेका थिए । स्रोत रातोपाटि