जेठ महिनामा २९ सय बढी सवारी साधन दुर्घटना, २ सय १५ जनाको मृत्यु

काठमाडौँ । गत जेठ महिनाको अवधिमा २९ सय बढी सवारी साधनहरु दुर्घटनामा परेका छन् । आइतबार नेपाल प्रहरीले दिएको जानकारी अनुसार गत जेठ महिनाको अवधिमा ४ हजार ४ सय १६ सवारी साधनमध्ये २ हजार ९ सय ११ सवारी साधन दुर्घटनामा परेका हुन् ।

सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझको ६ बजेको समयमा बढी सवारी साधन दुर्घटनामा परेका प्रहरीको तथ्याङ्कले देखाएको छ । यस समयमा १ हजार ७३ सवारी साधन दुर्घटनामा परेका हुन् ।

त्यस्तै साँझ ६ बजेदेखि राति १२ बजेको समयमा १ हजार १६ सवारी साधन दुर्घटनामा परेका छन् । त्यस्तै राति १२ बजेदेखि बिहान ६ बजेसम्म १५८ सवारी साधन दुर्घटना भएका छन् । बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म ३३ सवारी सधान दुर्घटनामा परेका छन् ।यस अवधिमा २ सय १५ जनाको मृत्यु समेत भएको प्रहरीले जानकारी दिएको छ । ५ सय ८० जना गम्भीर घाइते भएका छन् भने ३ हजार ६ सय ६० जना सामान्य घाइते भएका छन् ।यस अवधिमा ट्राफिक कारबाहीबाट ९ करोड ४१ लाख ३० हजार ७ सय ६ रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा १ लाख ११ हजार १ सय ९२ सवारी साधन कारबाहीमा परेका थिए । स्रोत रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img