निम्बतरु
मलाई मोक्ष प्राप्त नहोस् चाहन्छु
मलाई त यही धर्तीप्रति रुचि छ
मलाई जीवनसँग लगाव छ
जन्म र मृत्युको चक्रबाट छुट्कारा पाउनु छैन
मलाई चिस्थायी आनन्द र ब्रम्हासँग एकाकार हुनुछैन
म जीवित कहाँ थिएँ
मरेको कीरामा झैं न्युरोपारासाइट घुसेर
मेरो खोक्रो शरीर पनि चलायमान थियो
जो न्युरोपारासाइट
यता पोलिटिकल पारासाइट भन्दा हुन्
खुल्लामा भन्दा परजीवी किरा
जस्ले
मेरो दिमाग,मन र स्नायुमा कब्जा गरेर बसेको थियो ।
पुरै स्नायु प्रणाली नियन्त्रण गरेको थियोे
मानौ म पुरापुर जम्बी मान्छे
म पूर्ण स्वतन्त्र भएर के गर्नु ?
यत्रो काम-योगदान
मृत्यु प्रतिफल प्राप्तिको लागि रहेछ लाग्छ
लाग्छ आशा बेच्छन् मान्छेहरु
दर्द र मृत्यु किन्छन् प्रतिदिन
तसर्थ मोक्ष प्राप्तिका लागि मरिहत्ते गर्नुछैन
यो चोला र जगतसँग मुक्त भएर
निराकार हुनुछैन
बासनाहरु र कर्महरुबाट मुक्त हुन मन छैन
आधा उमेर दाम्लो बाँधेर बाँच्नुछ
अब बन्धन फुकालेर
बँधिया लैनोपाडो झैँ हिड्नु छैन्
बँधियालाई पिँजडाबाट स्वतन्त्र छोडेर के हुन्छ
यो घनघोर पापको जँगलमा
न जीवन सर्भाइभ गर्न सक्छ
न उड्न सक्छ
न हिड्न सक्छ
उस्तै परे खान पिना पनि मुश्किल छ
जो भनिएको जम्बी किराबाट नियन्त्रित छ जीवन ।
मलाई मोक्ष चाहिदैन
चाहिदैन त्यस्तो निराकार मुक्ति