त्यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, पाल्पा र आसपासका जिल्ला भई बहने नदीमा पनि बाढीको मध्यम जोखिम हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भोलि र पर्सि पश्चिम सेती, महाकालीलगायतका नदीमा बहाब उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र बाढीको जोखिमबाट जोगिन पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ । स्रोत उज्यालो