पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा  पुनरागमन र यसको औचित्य

देशभक्त र इमानदार राजनेता देशलाई आवस्यक पर्दा कतिबेला सर्बोच्च कमाण्डर पनि बन्नु पर्छ र कतिबेला सामान्य नागरिक बनेर पनि देश र जनताकाे सेवामा लाग्नु पर्छ।

विद्या भण्डारीले आवश्यक पर्दा कहिले सामान्य गृहणी बनेर मदन भण्डारी जस्ताे कालजयी नेतालाई सघाउँदै आउनु भयाे भने कहिले रक्षामन्त्री र राष्ट्रपति समेत बन्नु भयाे। अहिले देश र पार्टीलाई आवश्यक ठानी पुन: नेकपा एमालेको पार्टी काममामा सक्रिय हुने निर्णय गर्नुभएको छ। जसको पूर्व तयारी स्वरुप वहाँले राज्यले पूर्व राष्ट्रपतिको हैसियतमा दिने राजकीय सुविधाहरु त्याग्नुभएको छ र अहिले वहाँ सामान्य नागरिकको हैसियतमा हुनुहुन्छ। यो नागरिकतन्त्रको अनुपम नमूना हो र अत्यन्तै स्वागतयोग्य कुरा पनि हाे।

बिगत केही वर्ष देखि नेकपा एमालेमा राहु-केतु ग्रह लागेजस्तो देखिएकाे छ। पार्टी फुट्नु, धेरैजसो संस्थापक र वरिष्ठ नेताहरु क्रमशः पार्टीबाट बाहिरिनु र कतिपय शीर्ष नेताहरु जिम्मेवारी विहिन हुनु, कतिपय हाेनहार युवा नेताहरु पार्टीलाई गलत दिशामा नजान ध्यानाकर्षण गराएको भरमा कार्वाहीमा पर्नु पक्कै पनि एमालेकाे भविष्यकाे लागि राम्रो संकेत हाेइन।

यस्तो बेला नेकपा एमालेलाई एकतावद्द बनाउन एक विवाद रहित साझा नेताकाे आवश्यकता देखिएकाे छ। याे आवश्यकतालाई परिपूर्ति गर्न विद्या भण्डारी बाहेक अर्काे नेता सतहमा देखिएको छैन।

कतिपय प्रतिस्प्रधी पार्टीका नेता तथा कार्यकर्ताहरुले राष्ट्रपति भएकाे व्यक्ति पार्टी काममा आउनु हुँदैन भन्दै वहाँको बाटाे छेक्ने प्रयास गर्दैछन् । उनीहरूले एमाले बलियो नहोस् भनेर यसो गरेका हुन् भन्ने बुझ्न कत्ति पनि गाह्रो छैन।

यो सत्यलाई नबुझेर वा बुझ्न नचाहेर पार्टी भित्रबाट पनि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउने बारेमा अनेक खाले अबरोध खडा गरिंदै छ। यस्तो विषम परिस्थितिमा विद्या भण्डारीकाे राजनीतिमा पुनरागमनलाई तगारो हाल्नु बान्छनिय हुँदैन।

अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हाे भने पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पहिले राष्ट्रपति, पछि प्रधानमन्त्री र अहिले फेरि राष्ट्रपति भएर देशको नेतृत्व गरिरहेका छन्। त्यस्तै घानाका क्वामे न्क्रुमाले पनि अलग-अलग समयमा राष्ट्रपति र प्रधानमन्त्री दुबै पद सम्हालेका थिए। पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोले पहिले राष्ट्रपतिका रूपमा काम गरी पछि प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए । त्यसैगरी रसियाकै एनातोलिभिच मेद्भेदेभ पनि राष्ट्रपति भएर प्रधानमन्त्री बनेका थिए। सिङ्गापुरका बहुचर्चित नेता ली क्वान युले लामो समयसम्म प्रधानमन्त्रीका रूपमा सेवा गरेपछि मन्त्री बनेर क्याबिनेटमा बसेका थिए। त्यसै गरी भारतका केन्द्रीय मन्त्री भईसकेका नारायण दत्त तिवारी देशलाई आवश्यक पर्दा उत्तराखण्ड राज्यका मुख्यमन्त्री भएका थिए।

नेपालमै पनि संघिय सरकारमा वरिष्ठ मन्त्रीको रुपमा बारम्बार जिम्मेवारी बहन गरिसक्नु भएका नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशलाई आवश्यक पर्दा प्रदेश सभा सदस्य हुँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी लिनुभएको थियो। संस्थापक मुख्यमन्त्रीको रुपमा वहाँको कार्यकाल अत्यन्त सफल रहेको थियो।

त्यसकारण, देशलाई आवश्यक पर्दा ठूलो पदबाट सानो पदमा र राजकीय हैसियतबाट नागरिकको हैसियतमा ओर्लनु हुँदैन भन्ने भ्रम पाल्नु गलत कुरा हो।

ठूला पदबाट सहज रुपमा ओर्लेर र सबै राजकीय सुविधाहरु त्यागेर नागरिकको रुपमा फेरी राजनितिमा फर्कनु सच्चा नागरिकतन्त्रको अभ्यास गर्नु हो।

जहाँसम्म पदको कुरा हो, यो त महाधिवेशनले निर्णय गर्ने विषय हो। यतिबेला न त विद्या भण्डारी स्वयंले आफूलाई पार्टीकाे भावी अध्यक्ष भनेर सार्वजनिक रुपमा स्वघोषणा गर्नुभएको छ, न त श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई फेरी पनि भावी अध्यक्ष वहाँ नै हो भनेर भन्न हतारो गर्नु पर्ने अवस्था छ । युवा पुस्ता तयार भयो भने अझै पनि दुवैजनाले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ।

तर, कसैले पनि श्रद्धेय नेताहरुको नाममा वैधानिक व्यवस्थालाई कुल्चेर सर्वसत्तावादी रवैया अपनाउनु बान्छनिय हुँदैन।  लेखक: सन्धिखर्क १ निवासी राजनैतिक,सामाजिक तथा शैक्षिक ब्यक्तित्व लामो समयदेखी नेकपा एमालेको राजनीति गर्दै आउनु भएका श्रीकृष्ण भुसाल भुसाल हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img