२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

उपभोक्ता अदालतको फैसलाप्रति चिकित्सक असन्तुष्ट, सेवा बन्द गर्नेसम्मको चेतावनी

गएको चैतमा गठन भएको उपभोक्ता अदालतले चिकित्सकीय लापर्बाहीका तीन वटा मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकहरूले क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएपछि चिकित्सकहरू आन्दोलित भएका हुन् ।

गएको जेठ र असारमा फैसला भएका तीन मुद्दामध्ये एउटामा ५६ लाख ८१ हजार, अर्को मुद्दामा ५७ लाख १९ हजार रुपैयाँ र तेस्रो मुद्दामा एक करोड ४५ लाख ४४ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

गएको चैतमा गठन भएको उपभोक्ता अदालतमा अहिलेसम्म उपभोक्तासँग जोडिएका १४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये पाँच वटा मुद्दामा फैसला भएकोमा तीन वटा अस्पताल र चिकित्सकसँग जोडिएका छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले कुनै पनि वस्तु र सेवा लिँदा उपभोक्तालाई हानि पुगेमा क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । चिकित्सकको लापर्बाहीको मुद्दा नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकोले यस्तो मुद्दा काउन्सिलबाटै हेर्नुपर्ने चिकित्सक सङ्घको माग छ ।

उपभोक्ता अदालतबाट आएका फैसलाले चिकित्सकहरूलाई काम गर्ने सहज वातावरण नहुने उनीहरूको भनाइ छ । सकेसम्म जोखिम नमोल्ने र जोगिन खोज्ने कारण उपचार सेवा नै प्रभावित हुन सक्ने उनीहरूले बताएका छन् । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै