२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आज यतिबेला मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको  महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो १२ घण्टामा सङ्खुवासभामा सबैभन्दा धेरै ८६ दशलमव २ मिलिमिटर पानी परेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् दाहालले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा आज दिउँसो पनि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै