२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

रास्वपा अर्घाखाँचीको हस्ताक्षर अभियानले तिब्रता पायो

हृदय भुसाल अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले हस्ताक्षर अभियान जिल्लाभर तीब्र  रुपमा संचालन गरेको छ ।  पार्टी केन्द्रिय समिति सभापति  रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको कडा विरोध गर्दै जनस्तरबाट व्यापक हस्ताक्षर अभियान सञ्चालन गरेको पार्टीले जनाएको छ ।

रास्वपाले लामिछानेमाथि  ‘राजनीतिक प्रतिशोध’ साध्न खोजिएकोले जनस्तर बाटै भएको अन्याय विरुद्ध,न्यायको पक्षमा हस्ताक्षर अभियान ब्यापक रुपमा संचालन गरिएको जिल्ला सभापति हरि भुसालले बताउनु भयो ।  जिल्लाभर संचालन भएको हस्ताक्षर कार्यक्रम ले  पार्टीमा नयाँ जागरण आएको र गाउँदेखि शहर सम्म  सबैलाई उर्जा दिएको सभापति भुसालको भनाई रहेको छ । पार्टीले संचालन गरेको उक्त अभियानमा  भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालकृष्ण बन्जाडे सहितका केहि राजनैतिक  दलका नेता,जनप्रतिनिधि,कर्मचारी बुद्धिजिबि,युवा विद्यार्थी,महिला हरु हस्ताक्षर गरि रवि लामिछानेप्रति ऐक्यवद्धता जाहेर  गरिरहेका छन्।

नगर उपप्रमुख बन्जाडेले रवि लामिछानेलाई अनावश्यक रुपमा बढी नै दुख दिने काम गरेकोले सबैले उक्त कार्यको बिरोध गर्दै आएको भुमिकास्थान नगरपालिका उप प्रमुख बालकृष्ण बन्जाडेले बताउनु भयो । आफू सधैं न्याय र समानता पक्षमा बोल्दै आएकोले यसपाली पनि हस्ताक्षर मार्फत सहयोग गरेको उप्रमुख बन्जाडेको भनाई रहेको छ।

जति नै दबाब भए पनि पार्टीमा निकै आकर्षक  बढेको हस्ताक्षर अभियानले समेत देखाएको  जिल्ला कोषााध्यक्ष पिताम्बर सेजवालले बताउनु भयो ।

लामिछानेमाथिको मुद्दालाई सुनियोजित संज्ञा दिंदै रास्वपाले  देशभर  बिरोधका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अर्घाखाँचीमा समेत अभियानलाई गाउँ-गाउँ पुर्‍याउने गरि पार्टीले कार्ययोजना बनाएको पार्टी नेताहरुले बताएका छन् ।हस्ताक्षर अभियान अर्घाखाँची जिल्लाभर ब्यापक हुने पार्टी जिल्ला समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (29%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै