निम्बतरु
तिम्रो छाया पनि कसैलाई नदिउँ
मुटुमा बाँधेर राखुँ
बिहानीमा म नजागुँ
फेरि निदाउँ फेरि निदाउँ
निरन्तर सपना देखुँ
मेरो चाहना, सपना फेरि गुम्न नदिउँ
शास्त्रीय प्रेम
आध्यात्मिक र अनन्त प्रेमको प्रतीक,
जसले भौतिकताभन्दा माथि उठेको प्रेम देखाउँछ
हो यही हो मैले भन्न खोजेको ।
तिमीले सिमाना निर्धारण गर्न सक्थ्यौ
त्यतिधेरै समुन्द्र त एउटा सिमाना भित्र छ
जति बलले छालहरु उठेपनि
आफ्नै सिमानामा फर्कनुपर्छ
प्रेम सिमांकन त हुन सक्दैन
दृष्टिकोण आफ्नो – आफ्नो
हुनसक्थ्यो रोमान्टिक नोभेल
तर फिक्सन स्वार्थको बराबर छ
कथा युटोपिया/डिस्टोपिया
(आदर्श वा भयावह भविष्य )
प्रेमको अर्थ