हृदय भुसाल अर्घाखाँची । राजनैतिक अस्थिरताका कारण संघियता र समग्र शाषन प्रणाली प्रति आम नागरिकहरुमा बितृष्णता बढ्दै गएका छन् । संघियता र ब्यवस्था ठिक भए पनि ब्यवस्था संचालकहरु ठिक नभएकोले सिंगो ब्यवस्था प्रति सार्वजनिक रुपमा धेरै खालका प्रश्नहरु उठ्न थालेका छन् ।
संघिय संरचना बिकेन्दि«करणको महत्वपुर्ण अवधारण हो ।यसप्रकारको ब्यवस्थाबाट जनताले स्थानिय स्रोत साधनको उपयोग गर्न,आम्दानी प्राप्त गर्न आफ्नो ठाउँको माग र आवश्यकताका आधारमा बिकासमा सहभागी हुन र जिम्मेवार हुन सक्दछन् ।
जनताका प्रतिनिधी द्धारा संघिय लोकतातान्त्रिक गणतन्त्रण सहितको नेपालको संबिधान२०७२ साल असौज ३ गते जारी भयो । नेपालको संबिधान आफैमा उत्कृष्ट भए पनि संबिधानको मर्म अनुसार प्रभावकारी कार्यन्वयन नहुँदा समस्या देखिन थालेको हो ।
यता नागरिकहरुले गाउँ गाउँमा बैज्ञानिक तवरले स्थानिय तह अन्तरगतका नगरपालिका र गाउँपालिका वडाहरु नभएकोले पुनःसंरचनाको माग गर्न लागेका छन् । भुमिकास्थान नगरपालिका वडा नः९ र १० साविक धन्चौर ढिकुरा गाविसका जनतालाई बिगतको संरचना भन्दा पनि संघियता पोछिको संरचनामा निकै शास्ती ब्यर्होन परेको भन्दै अहिले पालिका भित्रका १० वडा संगै ११ नम्वर वडा थप गर्न माग गरेका छन् ।
मध्य पहाडी क्षेत्रमा अवस्थित लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा पर्ने भुमिकास्थान नगरपालिका साविकका सात वटा गाविसहरु मिलेर बनेको नगरपालिका हो । नेपालमा ७५३ वटा स्थानिय तह बन्दा साविकका धन्चौर,ढिकुरा,नुवाकोट,खिल्जी,
पटक पटक साविक दुई वटा वडाको बीच भुगोल मिलाई नयाँ वडा थपका लागी माग गर्दा पनि कसैले नसुनेको नयाँ वडा थप समितीका संयोजक भुवानन्द पौडेलले बताए ।
यसपाली असार महिनाको दोस्रो साता देखी साविक धन्चौर गाबिस वडा न १ र साबिक ढिकुरा गाविसको वडा न ५,६ र ७ मिलाई डेभा वडाका केन्द्र बनाउने गरि लागेको स्थानिय अगुवा हेमराज गैरेले बताए । स्थानिय स्तरमा कृयाशिल राजनैतिक दल,वुद्धिजिवी सामाजिक ब्याक्तीत्वहरु संग छलफल गरि सार्वजनिक रुपमै निर्णय गरि वडा,नगर,जिल्ला प्रशासन र जिल्ला समन्वय समितीका प्रमुख र जिल्लाका कृयाशिल राजनैतिक दलका नेताहरुलाई आफ्नो माग पत्र पेश गरेको एमाले जिल्ला कमिटी सदस्य रुद्रबिर थापाले बताए । यो प्रस्तावले कसैलाई पनि असर गर्देन यसले ढिकुरावासी र धन्चौरवासी जनतालाई सहज र खुसी दिन्छ स्थानिय युवा नारायण गैरे भने,।
संघियता जनताको मर्म र भावना अनुसार वडा कार्यालय सहज स्थानमा हुन आवश्यक भएको भन्दै त्यो अनुसार नहुदाँ आफुहरु पुनःसंरचनाको माग गरि अगाडी बढेको माओवादी नेता ईमानसिँह नेपालीको भनाई रहेको छ । हामीहरुलाई संघियता पोछि पनि झन शास्ती ब्यहोर्न परेकोले जस्तै सुकै परिस्थिति भए पनि सबै एक भैई अव नयाँ वडाको माग पूर नहुदा सम्म निरन्तर रुपमा अगाडी बढाउने काँग्रेस नेता पुर्ण बहादुर शाहीले बताए ।
जनताको माग र आवश्यकताको आधारमा राज्यका हरेक निकाए र सवै राजनैतिक दलले उठाएका जायज मागलाई आवश्यक प्रकृया पुरा गरि माग गर्नु पर्ने नेकपा (एस) जिल्ला कमिटी सदस्य राम प्रसाद भट्टराईको भनाई रहेको छ । यो क्षेत्रका बच्चा देखी वृद्ध सम्मको एउटै आवाज वडा छुट्टाउने भएको स्थानिय युवा प्रकाश पौडेलले बताए । ध्यानाकर्षण पत्र बुझाउदा सरोकारवालाहरुले आबश्यक पहल गर्ने वचन त दिएन तर प्रक्रिया अगाडी बढाउन गर्द्छ्न हेर्न बाकी रहेको स्थानियको भनाई रहेको छ । भुमिकास्थान नगरपालिका आफैमा सुरुदेखी नै नमिलेको केही समस्या हुदाँ हुदै बनेको नगरपालिका हो ।
यो नगरपालिकामा रहने यो क्षेत्रका वासिन्दाको सुरुदेखी रुची होईन् तरपनि बाध्यता वस नगरपालिका बन्यो,नागरिकलाई बाध्यता पनि भयो । संघियताको मर्म अनुसार केही सहज होला भन्दा झन शास्ती जनताले ब्यहोर्नु परेयो । अव पनि जनताको मर्म र भावना लाई ख्याल गरिएन पनि संघियता र ब्यवस्था नै खतरा पर्न सक्दछ ।
पोछिल्लो समय संघ,प्रदेश र स्थानिय तहहरुले गरेको बजेट बिनियोजनले झन झन साना साना वडा र स्थानिय सरकारको माग वढ्ने देखिन्छ ।कुनै पनि देशको बजेट निती तथा कार्यक्रमलाई राजनैतिक दृष्टिकोण बाट बिस्लेषण गर्दा त्यो देशको मुल कानुन अर्थात संबिधानले परिलक्षित गरेको समाज निमार्ण गर्नका लागी बजेटको माध्यम बाट गरियो कि गरिएन् भन्ने हेर्नु पर्दछ ।
बास्तवमा यसरी वडा थप गर्दा शक्तिको बिकेन्द«ीकरण भैई तल्लो तह सम्म अधिकार पुग्ने,स्थानिय नेतृत्वले राजनैतिक,प्रशासनिक तथा बिकासको नेतृत्व स्वयमले गर्न पाउने,आम नागरिकलाई लोकतन्त्रको पुर्ण रुपमा आफुले उपयोग गरेको आवास हुने गर्दछ,अनेक खालका स्थानिय बिबिधतालाई समेट्न सकिन्छ साथै सरकार र जनताबिचको सम्बन्ध नजिक र थप बलियो पनि हुने गर्दछ ।
नागरिकद्धारा वडा पुनर्संरचनाको माग

तपाईको प्रतिक्रिया