२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

किसानलाई युरिया मल प्रयाप्त मात्रामा उपलब्ध गराउन माग गर्दै नेकपा (एस)अर्घाखाँची द्वारा ध्यानाकर्षण पत्र

हृदय भुसाल अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पार्टी जिल्ला कमिटी अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय,अर्घाखाँची र जिल्ला समन्वय समितिको कार्यालय अर्घाखाँचीमा ध्यानाकर्षण बुझाएको छ ।  रासायनिक मलको अभावमा भइरहेको हाहाकार , बादर – बँदेल आतंकका कारण किसानमा फैलिएको त्रास , मनसुनजन्य बिपत्ति, भौतिक संरचना निर्माण कार्यमा भइरहेको आलटाल , ढिलासुस्ती लगायतका जिल्लाका गम्भीर समस्याहरुलाई लिएर जिल्ला समन्वय समितिका प्रमुखलाई र जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा पार्टी जिल्ला अध्यक्ष राम बहादुर चौहान नेतृत्वको, नेता कार्यकर्ता र पत्रकारहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाएको पार्टी जिल्ला कमिटी उपाध्यक्ष युबराक पौडेलले बताउनु भयो । पार्टीले निरन्तर रुपमा सुशासन र जनजिबिका विभिन्न सबालको बारेमा आवाज बुलन्द गर्दै अगाडि बढेको पार्टी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो । पटकपटक ध्यानाकर्षण पत्र बुझाई समस्या र सामाधानका उपाए समेत उल्लेख गरेको अध्यक्ष चौहानको भनाई रहेको छ। ध्यानाकर्षण पत्र बुझदै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले आफू उक्त समस्या प्रती निकै चिन्तित भएको भन्दै तत्काल समस्या सामाधानका लागी काम गर्ने बताउनु भयो । निमित्त प्रमुख जिल्ला अधिकारि झबिलाल भट्टराईले विशेष ध्यानाकर्षण भएको भन्दै उक्त समस्या समाधानका लागी जिल्ला प्रशासन कार्यालयको तर्फबाट  तत्काललै  आबश्यक पहल गर्ने प्रतीबद्वता समेत व्यक्त गर्नु भएको थियो । ध्यानाकर्षण पत्र बुझाउन पार्टी जिल्ला  कमिटी अध्यक्ष राम बहादुर चौहान,प्रदेश कमिटी सचिवालय सदस्यहरु तारापती भट्टराई,दिनामणी बेल्वासे,लगायतका प्रदेश जिल्ला तहका अगुवा नेताहरु,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै