चीनमा पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकास

चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार शुरु गर्न सहयोग पुर्‍याउने विश्वास छ ।

पूर्वी चीनको चच्याङ प्रान्तमा रहेको चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । ७० हजारभन्दा धेरै बिरामीहरूमा गरिएको यो परिक्षणबाट सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा हरेक वर्ष दुई लाख ६० हजार मानिसले पेटको क्यान्सरका कारण ज्यान गुमाउने गर्छन् । चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, एआई प्रणालीले उच्च जोखिम समूहमा रहेका १७ दशमलव ७ प्रतिशत र २४ दशमलव ५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।

अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य सङ्केतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो । अहिले यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ र भविष्यमा विदेशमा समेत विस्तार गर्ने योजना रहेको खबरमा उल्लेख छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img