२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

अर्घाखाँचीका ६ वटै स्थानीय तहले ल्याए बजेट

अर्घाखाँची, ११ असार । अर्घाखाँची जिल्लाका ६ वटै स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जेठ २७ गतेबाट सभा सुरु गरी बुधबार भूमिकास्थान नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शितगंगा नगरपालिकाको बजेट ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ, सन्धिखर्क नगरपालिकाको बजेट १ अर्ब ११ करोड १४ लाख रुपैयाँ, मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ, पाणिनि गाउँपालिकाको बजेट ७२ करोड २० लाख ७४ हजार ५ सय, छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ र भुमिकास्थान नगरपालिकाको ८३ करोड ९४ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् । उनीहरुले ल्याएको बजेटमा अधिकांश पुरानै योजना सम्पन्न गर्ने उल्लेख छ ।

         

 

मंगलबार सन्धिखर्क नगरसभाको १८ औं अधिवेशन मार्फत नगर उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर बजार पठाउने भएको छ । पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ ।

स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरहमा निर्यात गरिने बजेटमा उल्लेख छ । कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीति अघि सारेको हो । सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवद्र्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कृषि व्यवसायलाई आधुनिकीरकण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ । तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडा लगायतका सहित हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका काममा बजेट विनियोजन गरिएको छ ।

क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

वडा कार्यालयसँगको समन्वयमा सहकारी मार्फत कृषि उद्यमशिलता कार्यक्रम सवै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने भएको छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सृजना र आयआर्जन बढाइने बताइएको छ । किसान सूचीकरणको गरिने उल्लेख छ ।

मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफलु, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहुवर्षीय रुपमा सञ्चालन गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा लगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको छ ।

पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकूद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने उल्लेख छ ।

छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले ल्याएको बजेटमा पनि पुरानै कार्यक्रम र योजनालाई निरन्तरता दिइएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई महत्त्व दिइएको छ । शितगंगा नगरपालिकाले कृषि क्षेत्र अन्र्तगत विउपल उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो, समपुरक क्षेत्रबाट विनीयोजन भएका योजनालाई कार्यान्वयनमा जोड सँगै स्थानीयलाई रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको नगरप्रमुख झविलाल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै