अर्घाखाँचीका ६ वटै स्थानीय तहले ल्याए बजेट

अर्घाखाँची, ११ असार । अर्घाखाँची जिल्लाका ६ वटै स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जेठ २७ गतेबाट सभा सुरु गरी बुधबार भूमिकास्थान नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शितगंगा नगरपालिकाको बजेट ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ, सन्धिखर्क नगरपालिकाको बजेट १ अर्ब ११ करोड १४ लाख रुपैयाँ, मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ, पाणिनि गाउँपालिकाको बजेट ७२ करोड २० लाख ७४ हजार ५ सय, छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ र भुमिकास्थान नगरपालिकाको ८३ करोड ९४ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् । उनीहरुले ल्याएको बजेटमा अधिकांश पुरानै योजना सम्पन्न गर्ने उल्लेख छ ।

         

 

मंगलबार सन्धिखर्क नगरसभाको १८ औं अधिवेशन मार्फत नगर उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर बजार पठाउने भएको छ । पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ ।

स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरहमा निर्यात गरिने बजेटमा उल्लेख छ । कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीति अघि सारेको हो । सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवद्र्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कृषि व्यवसायलाई आधुनिकीरकण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ । तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडा लगायतका सहित हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका काममा बजेट विनियोजन गरिएको छ ।

क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।

वडा कार्यालयसँगको समन्वयमा सहकारी मार्फत कृषि उद्यमशिलता कार्यक्रम सवै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने भएको छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सृजना र आयआर्जन बढाइने बताइएको छ । किसान सूचीकरणको गरिने उल्लेख छ ।

मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवद्र्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफलु, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहुवर्षीय रुपमा सञ्चालन गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा लगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको छ ।

पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकूद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने उल्लेख छ ।

छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले ल्याएको बजेटमा पनि पुरानै कार्यक्रम र योजनालाई निरन्तरता दिइएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई महत्त्व दिइएको छ । शितगंगा नगरपालिकाले कृषि क्षेत्र अन्र्तगत विउपल उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो, समपुरक क्षेत्रबाट विनीयोजन भएका योजनालाई कार्यान्वयनमा जोड सँगै स्थानीयलाई रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको नगरप्रमुख झविलाल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img