हृदय भुसाल अर्घाखाँची । कृषिमा अब प्रबिधिको उचित प्रयोग संगै व्यावसायिक रुपमा अगाडी बढ्नु पर्ने र ग्रामिण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न आवश्यक पर्दछ । यसको लागि कृषिमा व्यावसायिकरण, कृषि बजारमा सहज पहुँच तथा कृषि ईन्जिनियरिङ्ग साथै जैविक प्रविधिहरूको बिकासका लागी संयुक्त प्रयासको आवश्यकता रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख बिष्णु बहादुर मग्रागीले बताउनु भयो।
निर्वाहमूखी कृषि प्रणालीलाई बजारमूखी, प्रतिस्पर्धी र व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बजार प्रणालीबाट उपभोक्तासम्म सरल र उचित मूल्यमा पूर्याउन सरोकारवालाहरु सबैले बिशेष ध्यान दिनु पर्ने कार्यालय प्रमुख बिष्णु मग्रातिले बताउनु भयो । असीमित आबश्यकता,सिमित स्रोत साधनका बीच पनि किसानहरुको माग र आबश्यकताको आधारमा जोन कार्यालय अर्घाखाँचीले विभिन्न कार्यक्रमहरु संचालन गरेको भन्दै कार्यालय प्रमुख मग्रातीले केहि नमुना काम हरु समेत अगाडी बढाएको बताउनु भयो । करिब दुई बर्ष अगाडी कार्यालय प्रमुखका रुप अर्घाखाँची आउनु भएका जोन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख बिष्णु मग्राती निकै सरल,सहज,छिटो ,छरितो सेबा दिन सधैं तत्पर देखिने कुशल ब्यबस्थापक कार्यालय प्रमुख हुनुहुन्छ । सुशासन,जबाफदेहिता र पारदर्शिताका लागी निरन्तर निकै चासो पुर्बक लाग्ने मग्राती किशानको भावना बुझ्ने, केहि गुनासो र सुझाव आए त्यसलाई तत्काल ग्रहण गरि अगाडी बढ्ने असल सेबाग्राही मैत्री कर्मचारी भएको स्थानिय हरुले बताएका छन् । निति र बिधिलाई केन्द्र भागमा राखेर सबैलाई समान व्यबहार गर्ने मग्राती काममा बिश्वास गर्ने र काम गर्न पर्छ भन्ने हुटहुटि भएका उर्जाशिल,गतिशील युबा कार्यालय प्रमुख हुन् ।