शवगृहजस्तो लाग्ने घरमा

निम्बतरु                                                                 घरका भित्तैभरि संस्कारहरु श्लोकहरुमा
मेरो कविताको चिर्कटो के ठोकिएको थियो
खत टिपेर उधुम
रातभरि निदाउन दिएन ।

घरभरि धर्मग्रन्थहरु
लाशजस्तै फ्रिजिङमा थिए थाक थाक
उनीहरुले घर ब्युँझाउन सक्तैनन्
निर्जन घर
बिस्तारै धरासायी हुँदैछ ।

आफैमा भुतप्रेत लागेजस्तो घरभरि
भगवानका मूर्तिहरु
उरुमखात थिए
चीरनिद्रामा निदाएजस्तो
उदास घर
निराशाका हुस्सुहरुले खाइरहेथ्यो

शवगृहजस्तो लाग्ने घरमा
सपनाहरु छैनन् अब
बरु चिहानमा रौनक देखिन्छ
थकित बतास सुसेल्दै एकछिन रङमङिन्छ
चराहरुले छाया पार्न छोडिसक्यो
पखेटाबिहिन बादलहरु
मायाबिहिन आकाशमा एकछिन अल्मलिन्छ

यो घर त यति मरिसकेको छ
मलामीहरु पनि त्रासले पर भाग्दैछन
एन्थ्रेक्स राजनीतिले निलिहाल्छ जनमानस
अब यो घर नै होइन
यो घर यति उदास छकि
अब बरु चिहान रमाइलो हुँदैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै