खाली खुट्टा

निम्बतरु

अब खाली खुट्टा पनि हिड्न छ सहज मलाई
हिजो सम्म थियो घिसारियो
अब छैन बिझ्दैन ढुङ्गा र काँडाहरु

कुनै निरंकुश व्यवस्थाको चप्पल
झिलाझिला सात ठाउँ प्वाल हुँदा पनि
लतारिरहनुपर्ने वाध्यता
फेसन अनुसार बदल्न नसक्नुको दरिद्रता
खाली खुट्टा पनि हिड्न नसक्नुको कायरता
यतिबेला प्रत्येक व्यक्तिसँग छ
अहिलेको लाचरता प्रत्येक अनुहारमा छ

पानबुट्टे जुत्ता पनि नभिराईएको होइन
हनिमुन जुत्ता
जो जुत्ता रंगीन थियो
जो दुईचार दिनमै फाट्यो
धोको पर्याकपुरुक बटारेर
चित्त सन्तुलनमा बस्नु पर्यो
त्यो रौनकमा हामीले
भएको जुत्ता मिल्कायौ
न आजको टिक्यो दूरदराजसम्म
आजको लाचार व्यवस्था

तोरी माड्दा पनि जो चुँडियो
जो दुईपाइलामा नै घिसार्दा पाप्रा उप्कियो
यो यथार्थलाई गोजीमा लुकाएर
यो जमाना लतारेर हिड्नुभन्दा
यो खाली खुट्टा नै सही
बानी परेपछि
दर्शोन ढुङ्गा पनि सजीलै पिसेर अगाडि बढ्छ
मेरा यी पाइतलाहरु आदिमकालसम्म

जुत्ता
जस्ले खुट्टा सुरक्षित र सजिलो बनाउँछ हिड्नका लागि
भने
त्यही जुत्ता जब दर्द बन्छ
तनाव बन्छ
भिर्ने कुरा त भएन भएन
नलगाएरै सयौं कोस हिड्न पनि सकिन्छ
जिन्दगी चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img