
निम्बतरु
अब खाली खुट्टा पनि हिड्न छ सहज मलाई
हिजो सम्म थियो घिसारियो
अब छैन बिझ्दैन ढुङ्गा र काँडाहरु
कुनै निरंकुश व्यवस्थाको चप्पल
झिलाझिला सात ठाउँ प्वाल हुँदा पनि
लतारिरहनुपर्ने वाध्यता
फेसन अनुसार बदल्न नसक्नुको दरिद्रता
खाली खुट्टा पनि हिड्न नसक्नुको कायरता
यतिबेला प्रत्येक व्यक्तिसँग छ
अहिलेको लाचरता प्रत्येक अनुहारमा छ
पानबुट्टे जुत्ता पनि नभिराईएको होइन
हनिमुन जुत्ता
जो जुत्ता रंगीन थियो
जो दुईचार दिनमै फाट्यो
धोको पर्याकपुरुक बटारेर
चित्त सन्तुलनमा बस्नु पर्यो
त्यो रौनकमा हामीले
भएको जुत्ता मिल्कायौ
न आजको टिक्यो दूरदराजसम्म
आजको लाचार व्यवस्था
तोरी माड्दा पनि जो चुँडियो
जो दुईपाइलामा नै घिसार्दा पाप्रा उप्कियो
यो यथार्थलाई गोजीमा लुकाएर
यो जमाना लतारेर हिड्नुभन्दा
यो खाली खुट्टा नै सही
बानी परेपछि
दर्शोन ढुङ्गा पनि सजीलै पिसेर अगाडि बढ्छ
मेरा यी पाइतलाहरु आदिमकालसम्म
जुत्ता
जस्ले खुट्टा सुरक्षित र सजिलो बनाउँछ हिड्नका लागि
भने
त्यही जुत्ता जब दर्द बन्छ
तनाव बन्छ
भिर्ने कुरा त भएन भएन
नलगाएरै सयौं कोस हिड्न पनि सकिन्छ
जिन्दगी चल्छ ।

























