निम्बतरु
तिमी साथमा भइदिएको भए
जीवन अर्कै पनि हुनसक्थ्यो
जीवनको कथा अर्कै पनि हुनसक्थ्यो
मेरो रवाफ नै अर्कै हुनसक्थ्यो
मेरो तागत र उमेर पनि अर्कै हुनसक्थ्यो
हुनसक्थ्यो बासना चार भञ्ज्याङ पारिसम्म
हुनसक्थ्यो प्रत्येक वसन्त
हुनसक्थ्यो स्वर्ग नै सम्पूर्ण
आज मुटु कसेर बाँचिरहेछु
यदि तिमी मसँग साथ हुन्थ्यौ भने
जून आँगनसम्मै आइपुग्थ्यो
तिम्रो मुस्कानको कारण
तिमी आएपछि कविता बन्न सक्थे
सयौंको संख्यामा काव्य तयार हुन्थे
गीत नै कैल्यै नगाइएको शहर पनि चाहिदैन थियो
तिमी भएको भए
यो अर्केष्टामा पनि हुँदिनँ थें
नोष्टाल्जिक पनि हुँदिनँ थें
यो चिहानमा पनि हुँदैन थें
यदि तिमी मसँग भइदिएको भए
चराहरु आँगन वरिपरि आइपुग्थे
शत्रु भएका फूलहरु पनि
घर नजीक आएर फुल्थे
दानवी प्रभावहरुपनि
तिम्रो कान्तिले निरर्थक हुन्थे
तर तिमी छैनौ
र जीवन,
अब मौन कथा बनेको छ।
मृत प्राय: छ ।