८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

आज देशभरको मौसम सामान्यतया सफा रहने, चिसो बढ्यो

Workplace

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर सामान्य हिमपातको सम्भावना रहे पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

आज चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम सात दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान चार दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने मौसमविद् मानन्धरले बताउनुभयो ।

यसैबीच भोलि बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएर बदली र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोख्रेलले पर्सि शनिवार काठमाण्डौ उपत्यकामा पनि सामान्य वर्षाको सम्भावना रहेको बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै