८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

भुत पुर्व सैनिक क्लबद्वारा सहयोग रकम हस्तान्तरण

Workplace

बिष्णु खनाल अर्घाखाँची । भुत पुर्व सैनिक क्लब अर्घाखाँचीले स्वर्गीय राम बहादुर नेपालिको परिवारलाई राहत स्वरुप सहयोग रकम हस्तान्तरण गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १ पानीनि क्याम्पस टोल निवासी राम बहादुर नेपालिको रोजगारिको लागि भारतको हैदरावादमा अप्रिय घटना घटेको थियो । परिवारमा खुसी ल्याउनका निम्ति रोजगारी गर्न भारतको हैदरावाद गएका नेपालिको १० दिनमै असमायिक निधन भएको थियो ।

आर्थिक स्थिती दयनीय भएको भन्दै भु.पु. सैनिक क्ल्वले राहत स्वरुप ११ हजार ५० रुपैयाँ सहयोग गरेको क्लबका अध्यक्ष गोपालसिङ्ग अर्यालले जानकारी दिनुभयो । उनको परिवारमा केही समस्या परेमा आगामी दिनमा पनि सहयोगका निम्ति सदैव साथमा रहने क्लबका कोषाध्यक्ष महेन्द्र कुमार भुसालले प्रतिवद्दता व्यक्त गर्नुभयो ।

सहयोग रकम हस्तान्तरणका लागि क्लबका अध्यक्ष गोपालसिङ्ग अर्याल, उपाध्यक्ष कृष्ण रायमाझी, राम बहादुर परियार, सचिव खुम बहादुर महत, कोषाध्यक्ष महेन्द्र कुमार भुसाल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै