८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

मालारानी गाउँपालिकाको आगामि आ.ब ६१ करोड १४ लाख ९५ हजारको बजेट

Workplace

अर्घाखाँची। मालारानी गाउँपालिकाकाको आ.ब २०८१।०८२ को लागी ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत भएको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामि आर्थिक बर्षको बजेट सभामा पेश गर्नु भएको हो । चालु तर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगत तर्फ १७ करोड ३५ लाख २ हजार बिनियोजन गरिएको छ ।
प्रस्तु भएको बजेटमा पालिकाको आर्थिक बिकासमा बजेटको ९.२ प्रतिशत ,सामाजिक क्षेत्रमा २२.८ प्रतिशत , पूर्बाधार बिकाशमा ३३.९ प्रतिशत ,बन, वातवरण तथा बिपद व्यबस्थापमा २.७ प्रतिशत , सार्बजनिक सेबा प्रबाहमा ३१.३ प्रतिशत खर्च हुने गरि बजेट बिनियोजन गरिएको छ ।
पालिकाले कृषिलाई प्राथामिकतामा राखेर बजेट ल्याएको छ । पालिका स्तरीय भेटनरीमा डाक्टर नियुक्तीको लागी बजेट बिनियोजन गरेको छ । भेटनरी प्रयोगशालालाई सबलिकरण गर्ने , आलु पकेट कार्यक्रमलाई निरन्ता , सुन्ताला बगैचा व्यबस्थापन , मालारानी कृषि तथा पशु उद्यमशिलता परियोजना बहुबर्षीय योजनाकोलागी १ करोड १२ लाख बिनियोजन गरेको छ ।
व्यबसायीक रुपमा कृषि गर्ने किसानहरुलाई मेसिनरी औजार , कुटानी पिसानी मिलको लागी बजेट बिनियोजन गरेको छ ।
उन्नत जातको बिऊ बितरणको लागी ८ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाको सिफारिसमा बित्तिय संस्थाबाट रिण लिने उद्यमिहरुलाई व्याजम ५० प्रतिशत अनुदान दिने गरि बजेट प्रस्तुत भएको छ । भने पालिकाले दिर्घ रोग सुगर , प्रेसर र छारे रोगका बिरामिहरुलाई निशुल्क औषधि बितरणको कार्यक्रमलाई निरन्तरता दिदै २५ लाख बजेट बिनियोजन भएको छ । पालिकाले एमबिबिएस , भेटेनरी ,फरेष्ट्री , ईन्जीनियर अध्ययानको लागी छात्रबृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पालिकाकाको स्रोतमा सञ्चालन भएको प्राबिधिक बिद्यायल बालिबिज्ञान सिदार्थ माध्यमिक बिद्यालयमा प्रशिक्षक र साहयक प्रशिक्षकको लागी पारिश्रमिकको लागी २० लाख ४० हजार बिनियोजन भएको छ ।
शिक्षण सिकाई डिजिटल प्रबिधिबाट गर्ने कार्यको लागी ४९ लाख ५८ हजार रकम बिनियोजन भएको छ ।
सामुदायीक बिद्यालयका छात्राहरुलाई सेन्टरी प्याड खरिदको लागी १७ लाख ७३ हजार बजेट बनियोजन गरिएको छ ।
समुदायमा स्वच्छ खानेपानी पुराउने उद्धेश्ले सञ्चालन भएको ईच परियोजनालाई निरन्तरता दिएको छ । भने पालिका भित्र सञ्चालन भएका लिफ्ट खानेपानी आयोजनाको ८० प्रतिशत बिद्युत महशुल पालिकाले भुक्तानी गर्ने गरि अनुदानको लागी बजेट बिनीयोजन गरेको छ । …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै