अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र र जिल्लाको अधिबेशनको पुर्व सन्ध्यामा आज मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क र चुत्राबेसी बजारमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र र जिल्लाको अधिबेशनको पुर्व सन्ध्यामा आज मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न भएको हो । उक्त र्याली कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) र (ख) का करिब २५० को हाराहारीमा मोटरसाइकल सहभागी रहेका थिए ।
काङ्ग्रेस निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ। प्रकाशित सूचनाअनुसार यहि मंसिर ३ गते क्षेत्रीय र ६ गते जिल्ला अधिवेशन सम्पन्न हुँदैछ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १( क) काे निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्ताको समय मिति २०७८।८।२ गते दिउँसो १ बजे देखि ४ बजे सम्म तय गरिएकाे छ । सम्पूर्ण प्रदेश पदाधिकारी र प्रदेश प्रतिनिधिका उम्मेदवारहरुले ताेकिएकाे समयमा उम्मेदवारी दर्ता गर्न सुचित गरिएकाे क्षेत्रीय सभापति केशवराज कुवरले जानकारी दिनुभयो ।
त्यसैगरी मंसिर ३ गते बिहान ९ बजे बिपि स्मृति भवनमा भेला भइ १० बजे देखी ११:३० बजे सम्म बाजागाजा सहित सन्धिखर्क चुत्राबेसी बजार एरियामा र्याली हुनेछ भने
१२ बजेदेखि सुरु हुने खुल्ला सत्र १:३० बजे बन्द सत्रमा परिणत भइ २ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जानकारी प्रदेश सभा क्षेत्र नम्बर १ (ख)का सभापति अच्युत गौतमले बताउनु भयो।