९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

अस्ट्रेलिया टी–२० विश्व कपको नयाँ ’च्याम्पियन’

Workplace

काठमाण्डौं । आईसीसी टी–२० विश्व कपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराएको छ । न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायो । यस पटक टी–२० विश्व कपले नयाँ च्याम्पियन पाएको छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी–२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।

आईसीसी एकदिवसीय विश्व कप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलिया यसअघि सन् २०१० मा टी–२० विश्व कपको फाइनलसम्म पुगेको थियो । अस्ट्रेलिया सन् २०१० को विश्व कपमा फाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । न्युजिल्यान्ड भने पहिलो पटक यसपालि टी–२० विश्व कपको फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै