१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अनेरास्ववियू अर्घाखाँचीको सम्मेलन आयोजक कमिटी गठन

Workplace

भावना घिमिरे भुसाल अर्घाखाँची । नेकपा एकीकृत समाजावदी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) अर्घाखाँचीको सम्मेलन आयोजक कमिटी गठन भएको छ । शूक्रबार सन्धिखर्कमा आयोजित अनेरास्ववियूको तेस्रो पूर्ण बठकले नविन वि.कको संयोजकत्वमा २१ सदस्य आयोजक कमिटी गठन गरेको हो ।

जसको सह–संयोजकमा पदम रिजाल, सदस्यहरुमा थमन नेपाली, गिरीराज वि.क, वर्षा वि.क, विष्णु भट्टराई, अनुराग भट्टराई, कल्पना बुढाथोकी, मुना राना, रवि नेपाली, गोमा पाण्डे, करिस्मा आचार्य, बविता भट्टराई, संजिता परियार, अस्मिता वि.क, मनिसा ताम्राकार गोमा भाट, एलिसा चौहान रहेका छन् । बैठकले आगामी मंसिर मसान्त भित्रमा अनेरास्ववियूको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

यस्तै नवगठित अनेरास्ववियूले जिल्लाका सबै विद्यालय तथा क्याम्पसमा कमिटी गठन गर्ने लक्ष्य लिएको संयोजक वि.कले जानकारी दिए । उनका अनुसार कमिटीले जिल्लामा रचनात्मक काम गर्दै अघि बढ्ने छ । अनेरास्ववियू विद्यार्थीको हक हितका लागि सधै अघि सर्ने उनको भनाई छ । “आजका विद्यार्थी नेता भलिका देशको नेतृत्ज गर्ने नेता हुन्, त्यसैले अनेरास्ववियूले सक्षम र अब्बल नेतृत्व निमार्ण गर्नेछ, ”उनले भने “देशको भविष्य सुधार्न र देशको विकास गर्न अब विद्यार्थी राजनिती आवश्यक छ ।”

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर सारु, नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानले विद्यार्थी संगठनहरुले जनताका आवाजको नेतृत्व गनुपर्ने बताएका थिए । हिजोका विद्यार्थी नेता जनताको सुख, दुःखमा साथ दिने, सरकारको प्रतिपक्षको भुमिका खेल्ने, सरकारले गरेका गलत कामको विरोध गर्ने गरेका केन्द्रिय सदस्य सारुले बताए । उनले विद्यार्थी राजनितीबाट आएको नेतृत्व क्षमतावान् हुने पनि बताए ।

विद्यार्थीले राजनिती र अध्ययनलाई सँगै अघि बढाउनुपर्ने अनेरास्ववियू आयोजक कमिर्टीका केन्द्रिय सदस्य तथा निवर्तमान सचिव नारायण शमाले बताए । विद्यार्थी राजनितिको नाममा गलत कृयाकलाप गर्ने, विद्यालय नजाने, अध्ययन नगर्ने, विद्यार्थीका समस्या प्रति चासो नदिने लगायतका नकारात्मक गतिविधी गर्ने व्यक्तिले विद्यार्थी राजनिती गर्न नहुने बताए । यस्तै उनले अनेरास्ववियूले विद्यार्थीका समस्याको प्रतिनिधित्व गर्न जानकारी दिए ।

बैठकमा समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, नेकपा एस अर्घाखाँचीका सचिव युवराज पौडेल, समाजावादी प्रेस संगठन अर्घाखाँचीका उपाध्यक्ष सरु सुनार लगायतको अतिथ्यता रहेको थियो । बैठक अनेरास्वियू अर्घाखाँचीका निबर्तमान अध्यक्ष सागर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै