
हृदय भुसाल वुटवल । नेपाल सरकारका कृषि तथा पशुपंछी बिकास मन्त्री डाक्टर बेदुराम भुसाल शनिवार अर्घाखाँचीमा बिभिन्न कार्यक्रमका लागी जाने कार्यक्रम तय भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
शनिवार देखी सोमवार सम्मका बिभिन्न कार्यक्रममा मन्त्री अर्घाखाँची जिल्लामै रहने मन्त्रीका स्वकीय सचिव शुशिल भट्टराईले बताउनु भयो ।
दोस्रोपटक अर्घाखाँची जिल्ला जान लाग्नु भएका मन्त्री डाक्टर बेदुराम भुसाले सुपादेउराली दर्शन संगै बिभिन्न कार्यक्रममा सरिक हुने समय र कार्यक्रम तय भएको नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले बताउनु भयो ।
सुपादेउराली दर्शन पछि जिल्ला पार्टी कार्यालयमा स्वागत संम्मान तथा पार्टी नेता कार्यकर्ता बिच अन्तरकृया सम्पन्न गरि नेपाल लाईभ स्टक ईनोभेस्न आयोजनाबाट सम्पन्न भएको जिल्लाकोे मालारानी गाउँपालिकामा निमार्ण भएको पशु तथा भेटेनरी अस्पतालको एक कार्यक्रमका बिच मन्त्री भुसालले हस्तान्तरण गर्ने गरि कार्यक्रम तय भएको परियोजनाले जनाएको छ ।
जेष्ठ ६ गते नै भुमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोटले गर्ने संम्मान स्वागत तथा अन्तरकृया कार्यक्रममा सहभागी हुने गरि नगरपालिकाले तयारी गरिरहेको नगरप्रमुख झबिलाल थापाले जानकारी दिनु भयो । मन्त्री भुसालले अर्घाखाँची जिल्ला लाई कृषि तथा पशुपंछीमा आत्मनिर्भर बनाई कृषि तथा पशुजन्य बस्तुको ब्यवसायिक उत्पादन,संकलन तथा बजारिकरण कसरी गर्न सकिन्छ भन्ने सवालमा बिभिन्न सरोकारवालाहरु संघ समेत बिभिन्न चरणका अन्तरकृया तथा संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।
भुमिकास्थान नगरपालिका वाड १० धन्चौरमा जन्मिनु भएका मन्त्री भुसाल जेष्ठ ७ गतेको दिन बिहान सन्धिखर्कमा हुने पत्रकार भेटघाट तथा बिहानका बिभिन्न कार्यक्रम सम्पन्न गरि बाकी समय सोही दिन वाडका बिभिन्न संघ संस्थाहरुले गर्ने संम्मान स्वागत तथा अन्तरकृया कार्यक्रमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
स्थानिय पार्टीको स्वागत संम्मान,वाड कार्यालय तथा बिधालयहरुको स्वागत संम्मान कार्यक्रम,तथा बिभिन्न योजना आयोजनाहरुको शिलन्यास तथा उद्घाटन कार्यक्रम तय भएको नेकपा एस भुनपा १० का वाड अध्यक्ष शुभ बहादुर समालले जानकारी दिनु भयो ।
आवश्यकताका आधारमा जिल्ला पार्टी तथा सचिवालयले बिभिन्न कार्यक्रम थपघट गर्न सक्ने मन्त्रीको सचिवालले जानकरी दिएको छ ।शालिन भद«,स्वाच्छ छवीका बौद्धिक नेताको रुपमा छवी बनाउनु भएका मन्त्री भुसालले कृषि तथा पशुपन्छीको क्षेत्रमा आधुनिक ,ब्यवसायिक तबरले उत्पादनमुखी कार्यलाई वढवा दिदै कृषिको क्षेत्रमा धेरै र उल्लेख्य काम गर्न सक्ने क्षमता संगै भिजन सहितको नेता भएको नागरिकहरुले बताएका छन् । डाक्टर भुसालले कृषि मन्त्रीको रुपमा सो मन्त्रालय सम्मालेदेखी केही नविनतम् कामको समेत सुरुवात भईसकेको छ ।