
नविन रसाईली अर्घाखाँची । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि शिक्षा आजको आवश्ष्कता भएको बताएका छन् । बुधबार दोस्रो शितगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले अहिले शिक्षा सीपमुलक नभएको बताउदै कृषि शिक्षा आजको आवश्यकता भएको बताएका हुन् । उनले देशको अर्थतन्त्र घट्दै गएको बताउदै अर्थतन्त्रलाई सुधार गर्न पनि कृषि शिक्षा आवश्यक रहेको बताए । “देशको अर्थतन्त्रको मेरुदण्ड भनेको कृषि हो, अबका बालबालकालाई कक्षा १ देखि नै प्रयोगात्मक कृषी शिक्षा दिनुस्, उदाहरणका लागि बालबालकालाई घरको कोशीमा खुर्सानी भएपनि रोप्न लगाउनुहोस् ।” उनले भने “अहिले देशमा नागरिकले जति श्रम गरेको पनि त्यस अनुरुपको फल पाउन सकेका छैनन् त्यसको समाधानका लागि यान्त्रीकरणमा जान जरुरी छ ।”
यस्तै मन्त्री भुसालले कृषि क्षेत्रका विभित समस्याहरु प्रति आफु जानकार रहेको बताए । कृषीक्षेत्रका समस्याहरु समाधान गर्न जरुरी छ तर अहिले देशको अर्थतन्त्र कमजोर भएकोले सोचेजति काम गर्न नसकिने उनको भनाइ थियो । “कृषकहरुलाई मल तथा सिचाईको अभाव धेरै छ तराईका खेतियोग्य धेरै जमिनमा सिचाई हुन सकेको छैन, पहाडका धेरै जमिन बाझो छन्, गतसाल सम्पन्न भएको कृषि गणना अनुसार देशमा १० लाख ३० हजार हेक्टर जमिन बाझो छ, त्यसलाई कसरी कृषि कर्ममा लगाउने भन्नेमा ध्यान जान जरुरी छ ।” उनले भने “स्थानिय सरकार कृषी क्षेत्रका विभिन्न समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने ठोस् प्रस्ताव सहित अगाडी बढ्न आवश्यक छ ।”
यस्तै पछिल्लो समय गाउँघरमा उत्पादन भएको खानेकुरा खान छाडेको बताउदै बाहिरबाट आयातित खानेकुरा तर्फ गाउँघरका मानिस बढि आकर्षित भएको भुसालले बताए । उनले गाउँघरमा उत्पादन हुने मकै, गँहु, कोदो लगायत बिक्रि गरेर बाहिरबाट मसिनो चामल खरिद गर्दै खाने गरेको बताए । देशको अर्थतन्त्र बलियो बनाउन र समृद्ध देश बनाउन गाउँघरमै उत्पादन भएको खानेकुरा खान आग्रह गरे ।